भारतमा माओवादीको भीषण आक्रमण १६ जनाको मृत्यु

2 May, 2019 13:20 | विश्व समाचार | comments | 17100 Views

भारतमा माओवादी विद्रोहीले गराएको बम विस्फोटनको घटनामा परी बुधबार मात्रै कम्तीमा १६ जना मारिएका छन् । महाराष्ट्रको गढचिरौलीमा घटना भएको हो ।

adsads
सो क्षेत्र माओवादी अतिप्रभावित क्षेत्र मानिन्छ ।

विषेश सुरक्षा टोलीमा रहेका १५ जना र एक जना चालकको सो घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

दशकौँदेखि भारतमा भइरहेको माओवादी द्वन्द्वका कारणले भएका घटनामध्ये बुधबारको घटना पनि ठूलो घटना मानिएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

सन् १९६० को दशकदेखि शुरु भएको माओवादी द्वन्द्वका क्रममा भारतमा अहिलेसम्म दशौँ हजारको मृत्यु भइसकेको छ ।

चिनियाँ नेता माओत्से तुङबाट प्रभावित भएका विद्रोही र सुरक्षाकर्मीबीच भारतमा लामो समयदेखि भिडन्त र आक्रमणका घटना हुँदै आएका छन् ।

भारतको महाराष्ट्र राज्यमा माओवादी विद्रोहीले नै केही सवारी साधनमा आक्रमण गरेको सूचनाका आधारमा त्यसतर्फ जाँदै गर्दा उनीहरूले सुरक्षाकर्मीकै गाडीमा आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् ।

त्यस बाहेक विषेश गरेर भारतका झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, विहार, छत्तीसगढ, उत्तर प्रदेश, कर्नाटकलगायतका क्षेत्रमा पनि माओवादीको धेरै प्रभाव रहेको छ ।

भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी विद्रोहलाई पनि लिइन्छ भने उनीहरू सङ्गठित भएर पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिँदै गएको पाइएको छ ।

माओवादी विद्रोहीको आक्रमणमा परी भारतमा ११ अर्धसैनिकको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

फेसबुक

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

ट्वीटर

सामाजिक सञ्जाल

More