मृत्युमृत्यु

  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु

भारतमा मृत्यु भएका दुई नेपालीको शव नेपाल ल्याइँदै

20 August, 2019 13:35 |प्रबास | comments | 18000 Views

    मृत्यु

    भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।

    adsads

    राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरामा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउन ३२ गते रातिको समयमा आएको पहिराले रुख ढलाउँदा च्याँपिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परेर बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घाइते भएका छन् ।

    उनीहरु गत साउन १७ गते भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए । उनीहरुसँगै गाउँका ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहनुभएका घर्तीले भारतबाट शव ल्याउने काम भइरहेको जानकारी दिनुभयो । आज रातिसम्म शव नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।

    दुवैको मृत्युको खबरले चिलहरिया गाउँ शोकमग्न भएको छ । अर्जुनले गत असार १७ गतेमात्रै विवाह गर्नुभएको थियो । विवाहको एक महिना नबित्दै कमाउन भारत हिँडेका श्रीमानको मृत्युको खबरले श्रीमती दीपा बुढा अचेत हुनुहुन्छ ।

    कुवेतमा निधन भएकी अप्सरा कामीको शव चन्दा उठाएर नेपाल पठाइयो

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मृत्यु

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!