न्युजिल्याण्डन्युजिल्याण्ड

  • न्युजिल्याण्ड
  • न्युजिल्याण्ड
  • न्युजिल्याण्ड
  • न्युजिल्याण्ड
  • न्युजिल्याण्ड
  • न्युजिल्याण्ड

भारतलाई पराजित गर्दै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा (हाइलाइट्स)

11 July, 2019 11:00 |खेल | comments | 17700 Views

    भारत १८ रनले पराजित

    न्युजिल्याण्ड

    भारतलाई पराजित गर्दै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा भारत माथि १८ रनको जित निकाल्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।

    adsads

    मंगलबार खेल भए पनि पहिलो इनिंग्स खेलिरहेको बेला पानी परेपछि खेल रिजर्भ डेट अर्थात् बुधबार खेलाइएको थियो । मंगलबार न्युजिल्याण्डले ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाएको थियो । त्यहि अवस्थमा बुधबार न्युजिल्यान्डले निर्धारित ५० ओभरमा न्यूजिल्याण्डले ८ विकेट गुमाउँदै २३९ रन बनाएको थियो ।

    उसको लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने कप्तान केन विलियनसनले ६७ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन । भारतको लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युज्भेन्द्र चाह लको भागमा समान १- १ विकेट लिए ।

    २४० रनको लक्ष्य लिएर मैदान उत्रेको भारत ४९.३ ओभरमा अलआउट हुँदै २२१ रनमा समेटियो । उसका लागि रविन्द्र जडेजाले ७७ रन बनाए भने महेन्द्र सिंह धोनी ५० रन बनाई रन आउट भए । त्यस्तै ऋषव पन्त र हार्दिक पन्ड्याले ३२–३२ रन जोडे । ९२ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि जडेजा र धोनीले ११६ रतको शतकीय साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

    न्युजिल्याण्डको लागि म्याट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले भागमा समान २-२ विकेट लिए । खेलको म्यान अफ दि म्याच म्याट हेनरी भए । न्युजिल्याण्डले अब उपाधिको लागि आज हुने दोस्रो सेमिफाइनलको विजेतासंग खेल्नेछ । दोस्रो सेमि फाइनल अन्तर्गत आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् ।

    हाइलाइट्स –

    रनरेटमा न्युजिल्याण्डभन्दा पछि परेपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सपना अधुरै (हाइलाइट्स)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    न्युजिल्याण्ड

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!