प्रदीप ज्ञवालीप्रदीप ज्ञवाली

  • प्रदीप ज्ञवाली
  • प्रदीप ज्ञवाली
  • प्रदीप ज्ञवाली
  • प्रदीप ज्ञवाली
  • प्रदीप ज्ञवाली
  • प्रदीप ज्ञवाली

भारतले नेपाललाई सिक्किम बनाउन खोजेको भन्ने टिप्पणीलाई नपत्याउ

19 August, 2019 19:35 |राजनीति | comments | 15600 Views

    नेपाल र उसका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ ।

    केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले नेपाललाई सिक्किम बनाउने मौका कुरिरहेको टिप्पणी गर्नुभएको थियो ।

    adsads

    सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी “नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य छ” भन्दै समितिमा बोलिएको भनिएको विषयको सत्यताप्रति आफूलाई सन्देह रहेको बताउनुभयो ।

    समितिको बैठकमा नेपाली काङ्ग्रेसका सांसद प्रदीप गिरीले नेपाललाई पनि सिक्किम बनाउने अवसरको खोजीमा भारत रहेको भनेर दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासा साम्य पार्दै मन्त्री ज्ञवालीले त्यो स्तरको संसद् सदस्यबाट त्यति हलुका टिप्पणी भयो होला भन्ने आफूलाई नलागेको बताउनुभयो ।

    साउन २९ गते नेता गिरीले अन्तराष्ट्रिय सम्बन्ध समितिमा समितिमा नेपालको सबैभन्दा ठूलो विफलता कूटनीति भएको बताउँदै अध्ययन कम हुने, स्वार्थ सानो राख्ने र बोली ठूलो हुने गरेको विश्लेषण गर्नुभएको थियो ।

    गिरीले नेताहरुले हिन्दुस्तानले नेपालाई सिक्कम बनाउँछ, भुटान बनाउँछ भन्ने गरेको भन्दै हिस्दुस्तानले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ । यो तथ्य हो । सक्यो भने भुटान बनाउँछ, यो पनि तथ्य हो । तपाईं चाहिँ के गर्ने भन्ने प्रश्न गर्नुभएको थियो ।

    कश्मिरमा विकसित पछिल्लो घटनाक्रमलाई नजीकबाट नियालिरहेको बताउँदै उहाँले छिमेकमा सधैँ शान्ति र स्थायित्व होस् भन्ने नेपालले चाहेको स्पष्ट गर्नुभयो । “नेपाल क्षेत्रीय शान्तिका पक्षमा छ, सबै समस्याको शान्तिपूर्ण समाधान वार्ता र संवादका माध्यमबाट खोजिनुपर्छ”, उहाँले भन्नुभयो । कश्मिरमा रहेका नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको र नयाँदिल्लीस्थित दूतावासले भारतका अधिकारीसँग निरन्तर समन्वय र सम्पर्कमा रहेर काम गरिरहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

    उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अध्यक्षका नाताले यसलाई गति दिन संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभाका क्रममा सदस्य देशका विदेशमन्त्रीसँग आगामी महिना न्यूयोर्कमा अनौपचारिक छलफल हुने जानकारी मन्त्री ज्ञवालीले दिनुभयो ।

    छिमेकी देशमा अशान्त हुँदा ‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’ : परराष्ट्रमन्त्री ज्ञवाली

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रदीप ज्ञवाली

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!