भारतीय अभियन्ता भन्छन- मानव सभ्यताको प्रारम्भ नेपालबाट

23 October, 2019 16:34 |जन सरोकार | comments | 5550 Views

    भारत सफाई अभियानका मुख्य अभियन्ता बिन्दु भुषण दुवेले मानवीय सभ्यताको विकास हिमालय खण्डबाट भएको बताउँदै नेपाल नै सभ्यताको मुहान रहेको धारणा ब्यक्त गर्नुभएको छ ।

    वाग्मती सुन्दरता सरोकार मञ्चले उहाँको उपस्थितिमा आयोजना गरेको सफाई सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रममा मुख्य बक्ताका रुपमा दुवेले सफाई मानव जीवनसंग अत्यन्तै महत्व राख्ने बिषय भएको हुँदा हिमालय क्षेत्रको संबेदनशीलतालाई कमगर्न अब घर घरबाट रुख रोपौं अभियान शुरु गर्नुपर्ने बताउनु भयो ।

    adsads
    उहाँले मानव जीवन सम्बेदनशिल मोडमा रहेको धारणा राख्नुहुँदै जसरी हामी आफ्नो शरीरलाई माया गर्छौ त्यसरी नै बातावरणलाई माया गर्नुपर्ने सुझाव दिनु भयो ।

    गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभापतिका रुपमा वाग्मती सुन्दरता सरोकार मन्चका अध्यक्ष उत्तम पुडासैनीले वाग्मती सफाई अभियानका क्रममा हासिल भएका अनुभव र सफलताका कथा प्रस्तुत गर्नुभएको थियो ।

    सो अवसरमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत बिकास समितिका अध्यक्ष नरेन्द्र कुमार बस्नेत तथा आयोजना प्रमुख लिलाप्रसाद ढकालले वाग्मतीका भावी कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई वाग्मती सुन्दरता सरोकार मञ्चका अपाध्यक्ष उमा गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा आई डि एस नेपालका तर्फबाट प्रभा पोखरेल र गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायणबहादुर सुबेदीले सफाई अभियानका बारेमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा पाहुनाहरुलाई वाग्मती किनारमा उत्पादन भएको तुलसीको माला लगाएर अभियन्ता गोबिन्द पुडासैनीले स्वागत गर्नुभएको थियो भने अभियन्ता रामहर िश्रेष्ठले फालिएका प्लाष्टिक संकलन गरेर आफैंले बनाएको म्याट पाहुनालाई उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव रामकृष्ण बरालले गर्नुभएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!