भारतीय तरकारीको विषादी जाँच अहिले पनि चलिरहेको छ- दूताबासको पत्रको जवाफ परराष्ट्रले दिनुपर्छ

11 July, 2019 16:58 | राजनीति | comments | 25200 Views

भारतबाट नेपाल आयात हुने तरकारीमा विषादी परीक्षण रोकेर आलोचना खेपिरहेको सरकारका कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिले पनि जारी रहेको स्पष्ट पार्नुभएको छ ।

बिहिबार बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिले पनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको बताउँदै नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको स्तरोन्नती गर्नेपनि उनले विश्वास दिलाउनुभयो ।

  

साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिले पनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको दावी गदै भन्नुभयो हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेका हौं, त्यतिवेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो । काठमाडौं उपत्यकाबाहिर अहिले पनि ६–७ वटा ल्याबहरु रहेका तर, ती सबै ल्याबहरु अहिले सञ्चालन गर्न जनशक्तिको समस्या रहेको बताउनुभयो ।

विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश- अब के गर्छ सरकार ?

त्यस क्रममा मन्त्री खनालले सर्वोच्च अदालतले बुधबार मात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्ने विश्वास दिलाउँदै भन्नुभयो अहिले हामीसँग भएका सबै ल्याव र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं ।

साक्षात्कारमा विषादी परीक्षण रोक्न भारतीय दुतावासले पत्र पठाएको सन्दर्भमा उठाईएको प्रश्नमा मन्त्री खनालले भन्नुभयो त्यो पत्र परराष्ट्र मन्त्रालयमा आएको हो र हामीलाई पनि बोधार्थ थियो । यो पत्र भनेको दुई देशबीचको सम्बन्धको कुरा हो, डब्लुटिओ अनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More