सर्वोच्च अदालत सर्वोच्च अदालत

  • सर्वोच्च अदालत
  • सर्वोच्च अदालत
  • सर्वोच्च अदालत
  • सर्वोच्च अदालत
  • सर्वोच्च अदालत
  • सर्वोच्च अदालत

भारतीय तरकारी विषादी परीक्षण गरेर मात्रै ल्याउन सर्वोच्चको आदेश

16 July, 2019 22:51 | राजनीति | comments | 10500 Views

भारतीय तरकारी नेपाल ल्याउँदा विषादी परीक्षण गरेर मात्रै ल्याउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । यसअघि सरकारले भारतीय दूताबासको पत्रपछि विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो ।

adsads

विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णयविरूद्ध तीन वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए । मंगलबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुबै पक्षसँग छलफल गरी यसअघि दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

आज रिटका दुबै पक्षलाई अदालतले छलफलका लागि झिकाएको थियो । उक्त छलफलपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो ।

स्वदेशी तरकारी सडकमा भारतको विषादीयुक्त तरकारी घरघरमा

स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रिट हालेका थिए । तत्कालका लागि राज्यले विषादी परीक्षण गर्न नसकेको भन्दैमा विषादीयुक्त खाना खान बाध्य हुने गरी निर्णय गर्न सरकारले नपाउने रिटमा उल्लेख थियो ।

रिटमा भारतबाट विषादी परीक्षण गरेरमात्र तरकारी ल्याउन र नेपालकै तरकारी पनि परीक्षणपछि मात्रै किनबेच गर्न सरकारलाई आदेश दिन माग गरिएको थियो ।

विषादी परीक्षण नगरी तरकारी भित्र्याउने र किनबेच गर्ने सरकारको निर्णयले संविधान प्रदत्त उपभोक्ताको हक, स्वास्थ्यको हक, सुरक्षित मातृशिशुको हक लगायतका हक हनन् हुने भन्दै अधिवक्ताद्वय सर्वोच्च गएका थिए ।

विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश- अब के गर्छ सरकार ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सर्वोच्च अदालत

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!