बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

  • बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब
  • बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब
  • बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब
  • बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब
  • बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

भारतीय दबावपछि सप्तकोशी ब्यारेजका ३० ढोका बन्द गरिए

14 July, 2019 16:13 | Homepage | comments | 28050 Views

सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि ५६ वटै ढोका खोलिए पनि भारतले बन्द गर्न दबाव दिएपछि पुनः ३० वटा ढोका बन्द गरिएका छन् । पूर्वी पहाडी क्षेत्रमा निरन्तर वर्षा भएर सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव भइरहँदा पनि भारतीय दबावका कारण कोशी ब्यारेजका ढोकाहरु बन्द गरिएको हो ।

आइतबार बिहान लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ५६ वटै ढोका खोलिएकामा त्यसपछि भने भारतको बिहार डुबानमा परेको भन्दै ३० वटा ढोका बन्द गरिएको हो । अहिले फेरि नेपालतर्फ पानीडुबान बढ्दै गएको छ । यसअघि ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्दै जाँदा आइतबार बिहान सबै ढोका खोलिएको बताएका थिए ।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा बिहान दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको थियो । शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो । यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो ।

  

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार पनि निरन्तर वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्ने सम्भावना धेरै छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More