“भारतीय दूताबासबाट आएको पत्र मबाट लुकाइयो, लज्जित हुनुपर्यो”

11 July, 2019 15:04 | राजनीति | comments | 17100 Views

भारतीय दूताबासबाट पत्र आएपछि सरकारले विषादी परीक्षण स्थगित गरेको भन्ने चर्चा चलिहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो पत्र नआएको दावी गर्नुभएको थियो । पछि पत्र सार्वजनिक भएपछि उहाँको चर्को आलोचना भैरहेका बेला बिहिबार भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

adsads

प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे भन्नुभयो ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलें । विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम भइरहेको बताउनुभएका प्रधानमन्त्री ओलीले नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने स्पष्ट पार्नुभयो ।

भारतबाट पत्र आयो रे ! कहाँ आयो ? कसले पढ्यो ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!