भारतीय दूतावास अगाडि नेविसंघको प्रदर्शन : प्रहरीद्वारा हस्तक्षेप

17 November, 2019 15:52 |राजनीति | comments | 5850 Views

    भारतले गरेको नेपाली भूमि अतिक्रमणका बिरुद्ध निरन्तर आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आइतबार काठमाडौंस्थित भारतीय दूताबास अगाडि गरेको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो ।

    adsads
    बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।

    प्रदर्शनमा उत्रिएकाहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले राष्ट्रिय झण्डा समेत थुतेर भुइमा फालेका थिए ।

    भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More