मोदी मोदी

  • मोदी
  • मोदी
  • मोदी
  • मोदी
  • मोदी

भारतीय प्रधानमन्त्री मोदीको दावी- अब जम्मु काश्मिरमा आतंकवाद रहँदैन

9 August, 2019 14:21 | विश्व समाचार | comments | 43950 Views

मोदी

भारत सरकारले संविधानको धारा ३७० अनुसार जम्मु काश्मिरमा कायम रहेको विशेष प्रावधान हटाएर केन्द्र माहत ल्याएपछि पाकिस्तान र भारतबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ । जम्मु काश्मिरलाई विशेष दर्जा प्रदान गर्ने भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने निर्णयपछि सो क्षेत्रमा विकासले गति लिने प्रधानमन्त्री नरेन्द्र मोदीको दावी छ ।

बिहिबार राति राष्टको नाममा विशेष सम्बोधन गर्दै मोदीले जम्मु काश्मिरमा रहेको आतंकवाद, अलगवाद, भ्रष्टाचार र परिवारवादलाई धारा ३७० को खारेजीले अन्त गरिदिएको दावी गर्दै संविधानको यो धारा हटाएपछि केन्द्रको शासनमा आएको जम्मु काश्मिरमा विकासले गति लिने र त्यहाँका अवस्था सामान्य हुन्छ, त्यहाँको विकास हुन्छ, शान्ति र समृद्धि स्थापना हुन्छ तब यो केन्द्रको शासनमा नरहने दाबी समेत गर्नुभयो ।

  

४० मिनेट लामो सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले १४ वटा महत्वपूर्ण विषय उठान गरेका छन् ।

१. जम्मु काश्मिर र लद्दाखमा नयाँ युगको शुरुवात ।

२.संविधानको धारा ३७० को नोक्सानका बारेमा कहिल्यै छलफल भएन ।

३.यसअघि काश्मिरका डेढ करोड जनता देशको कल्याणबाट बञ्चित भए ।

४.अब जम्मु काश्मिर चाँडै नै नकारात्मक नतिजाहरुसहित बाहिर आउनेछ ।

५.राज्यपालको शासनकालमा जमिनामा सुशासनको प्रभाव।

६. यसअघि काश्मिरमा पञ्चायत र नगरपालिकाको चुनावमा समेत लाखौंलाई भोट दिने अधिकार थिएन । अब त्यो बाटो खुल्छ ।

७. जम्मु काश्मिरमा तेजश्वी विद्यायकहरु आए, शक्तिशाली मुख्यमन्त्री बन्नुहोस् ।

८.बहिनीहरु र छोरीहरुलाई आग्रह छ, आफ्नो क्षेत्रको कमाण्ड लिनुहोस् ।

९. काश्मिर र लद्दाख सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य बन्ने क्षमता रहेको छ ।

१०. काश्मिरका बालबालिकाले खेलकुदको दुनियाँमा भारतको नाम उज्जल बनाउँनेछन् ।

११.लद्दाखमा अध्यात्मिक पर्यटन केन्द्र र सौर्य ऊर्जाको भण्डार देखिन्छ ।

१२. १ सय ३० करोड भारतीय काश्मिर र लद्दाखबारे चिन्तित छन् ।

१३. काश्मिरका जनताले परिस्थिति बिगार्नेलाई धैर्यतापूर्वक जवाफ दिएका छन् ।

१४. अब यहाँ इद मनाउन कुनै समस्या छैन भनेर निश्चित गरिनेछ गर्नेछ ।

भारतको यो निर्णयपछि पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ । त्यस्तै पाकिस्तानमा भारतीय चलचित्र पनि प्रतिबन्धित गरिएको छ । पाकिस्तानले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने बताइसकेको छ । भारतको पछिल्लो निर्णयका विरुद्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि पाकिस्तानले आवाज उठाउने चेतावनी दिएको छ ।

काश्मिर भारतको आन्तरिक मामिला हो अन्तर्राष्ट्रिय चासो रहँदैन : भारत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मोदी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More