रुप कार्की रुप कार्की

  • रुप कार्की
  • रुप कार्की
  • रुप कार्की
  • रुप कार्की
  • रुप कार्की

भारत्तोलक कार्कीलाई आयरल्याण्डमा स्वर्ण पदक प्राप्त

28 October, 2019 14:36 | प्रबास | comments | 17250 Views

रुप कार्कीविजय थापा ,डिसी । अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रुप कार्कीले मास्टर टु ( Master 2 )२२० पाउण्ड तौल समूहमा आयरल्याण्ड सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आइपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् ।

ads ads

उनले एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आइपिएल प्रतियोगितामा मास्टर वान( Master 1)प्राप्त गरि सकेका थिए ।गत अक्टोबर २४ देखि अक्टोबर २७ सम्म सम्पन्न भएको वर्ल्ड पावरलिफ्टिंग आईपिएल अन्तरराष्ट्रिय प्रतियोगितामा उनलाई स्वर्ण प्राप्त भएको हो ।

अक्टोबर २७ आइतबारका दिन आयरल्याण्डमा भएको प्रतियोगिता उनले प्रथम स्थान हासिल गर्दै नेपाल र नेपालीको नाम विश्व सामू चिनाउन सफल भएका छन् । उनी गत अक्टोबर २५ शुक्रबारका दिन अमेरिकाबाट आयरल्याण्ड उडेका थिए । गत अक्टोबर २४ देखि नै सरु भएको वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा बिभिन्न राष्ट्रका बिभिन्न तौल समूहका खेलाडीहरु पुगेका थिए ।

गत अक्टोबर २४ का दिन आयरल्याण्ड उड्नु एक दिन अगाडी खेलाडी कार्कीको मनोवल उच्च राख्न ,हिम्मत र हौशला दिन भर्जिनियाका नेपाली समुदायले कार्यक्रमको आयोजना गर्दै उनलाई भब्य बिदाई गरेका थिए ।

उनले आयरल्याण्ड जानु अघि नेपाल र नेपालीको नाम राख्न कडा मेहनत गर्ने र कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका थिए । गत जुलाई १३ ,२०१९ का दिन उनलाई युएसपिएलमा स्वर्ण पदक प्राप्त भएको थियो ।

युएसपिएलमा स्वर्ण पदक प्राप्त संगै आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा सहभागी हुन् ढोका खुलेको थियो । उनी उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे पछि पूर्व योग्यता (प्रिक्वालिफाईड )भएका थिए । स्मरण रहोस ,पूर्व योग्यता प्राप्त भए पछि मात्र आइपिएलको प्रतिस्पर्धामा प्रतियोगीको रुपमा जान पाइन्छ ।

कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि ) खेलाडी हुन् । अमेरिकामा नेपालीहरुको ईतिहासमा कार्की भारत्तोलनमा प्रवेश गरि अन्तराष्ट्रिय सम्म पुग्ने पहिलो नेपाली मूलका भारत्तोलक हुन् ।

नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । उनले थुप्रै पदक प्राप्त गरि सकेका छन् भने कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् ।

यसै गरि उनका सुपुत्र रुपेश कार्की पनि भारत्तोलक हुन् । आफ्नो वर्गमा स्वर्ण पदक बिजेता समेत रहेका रुपेश बाबुको बिडो थाम्दै बाबुलाई यहाँ सम्म पुर्याउन अहम भूमिका निर्वाह गर्दै सहयोग र हौसला दिदै आई रहेका छन् ।

उनी कार्कीसंगै आयरल्याड पुगी बाबुलाई साथ र सहयोग गरि रहेका छन् ।

अमेरिकामा भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
रुप कार्की

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More