नेपाल–भारत सम्बन्ध नेपाल–भारत सम्बन्ध

  • नेपाल–भारत सम्बन्ध
  • नेपाल–भारत सम्बन्ध
  • नेपाल–भारत सम्बन्ध
  • नेपाल–भारत सम्बन्ध
  • नेपाल–भारत सम्बन्ध
  • नेपाल–भारत सम्बन्ध

“भारत ठूल्दाइ होइन र उसँग डराउनु पनि पर्दैन”

19 July, 2019 11:20 | राजनीति | comments | 15150 Views

नेपाल–भारत सम्बन्ध

शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष तुल्याउँदै वर्षौंदेखि समाधान नभएका समस्या वार्ता र संवादका माध्यमबाट हल हुनुपर्नेमा उच्च राजनीतिक नेतृत्वले मतैक्यता प्रकट गरेको छ । भारतको भौगोलिक विशालता र भूपरिवेष्टित अनि सीमित भूगोल भएको सानो नेपालले आकारको लघुताभास र मनोविज्ञानबाट मुक्त भएर विश्वकै उदीयमान भीमकाय अर्थतन्त्र भएका दुई छिमेकीसँग भूसम्पर्कको माध्यमलाई अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ ।

adsads

पुष्पलाल स्मृति प्रतिष्ठानले बिहिबार ललितपुरमा गरेको ‘नेपाल–भारत सम्बन्ध : उन्नयन र आयाम’ विषयको प्रवचनमा भारतका सामु सानो, ‘ल्याण्ड लक्ड’ को भावनाले होइन ‘ल्याण्ड लिङ्क्ड’ भएर चीन र भारतले हासिल गरेको आर्थिक समृद्धिलाई पछ्याउनुपर्ने अभिमत सुस्पष्ट ढङ्गले प्रस्तुत भयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वासमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ, सुमधुर एवं व्यापक बनेको बताउँदै एकअर्काका संवेदनशीलता बुझ्ने र आफ्नो भूमि एकअर्काकाविरुद्ध प्रयोग हुन नदिन प्रयोग हुन नदिनेमा नेपाल सचेत रहेको स्पष्ट गर्नुभयो । पञ्चेश्वर बहुद्देश्यीय आयोजना निर्माण, डुबान समस्या, सीमा व्यवस्थापन, सीमापार आपराधिक गतिविधि नियन्त्रणलगायत विषय निरुपणमा साझेदारी भइरहेको जानकारी दिँदै उहाँले आपसी मामिलाका टुङ्गिन बाँकी रहेका मुद्दा संवादको माध्यमबाटे समाधान गरिने बताउनुभयो । मन्त्री ज्ञवालीले नेपालको सामाजिक–आर्थिक विकासका साथै समृद्धितर्फको यात्रामा भरपर्दो छिमेकी भारतसँगको सहकार्यमा जोड दिइएको बताउनुभयो । उहाँले दुई मुलुकबीचको पर्यटन विस्तार तथा व्यापार असन्तुलन घटाउन नेपालले चाहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै “भारत ठूल्दाइ होइन र उसँग डराउनु पनि पर्दैन”, राष्ट्रिय स्वार्थ र राष्ट्रियताका पक्षमा खरो अभिव्यक्ति दिँदै उहाँले नेपाल राष्ट्र भारत र चीनबीचको सेतु हो भन्नुभयो । नेपालले भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने उहाँको कथन थियो । नेपालले भारतलाई राजनीतिक रुपमा स्थिर, समृद्ध र शान्त देख्न चाहेको तथा विविध समानतायुक्त दुई द%E

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाल–भारत सम्बन्ध

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!