भालुको पाइलालाई यतिको पाइला भन्दै भारतीयको प्रचारको स्वार्थ के

30 April, 2019 20:16 | कर्पोरेट/पर्यटन | comments | 24900 Views

नेपालको हिमाली क्षेत्रमा आदिहिममानव यति रहेको र कतिपयले यसलाई देखेको दावी गरे पनि आधिकारिक रुपमा यसको पुष्टि भएको छैन ।

पछिल्लो समय भारतीय सेनाको आरोण टोलीले मकालु बरुण निकुञ्जमा हिमाली मानव यतिको पाइला भेटिएको दाबी गर्दै प्रचार गरिरहेको छ ।

adsads

तर भारतीयको यस्तो दावीलाई निकुञ्जका अधिकारीहरुले भने सिधै अस्वीकार गर्दै यतिको पाइला भनेर गरिएको प्रचार भालुको हुनसक्ने बताएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले भारतीहरुले बढी होहल्ला गर्छन् यतीको हकमा पनि त्यही हुन सक्छ भन्दै उनीहरुले यतिको पाइला भनी प्रचार गरेको तस्बीरलाई नेपालका विज्ञहरुले भालुको पाइला हुनसक्ने बताएको जानकारी दिनुभएको छ ।

त्यस्तै निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) चन्द्रशेखर चौधरीले पनि भारतीय सेनाको दाबीलाई अस्विकार गर्दै उनीहरुले के आधारमा भनेको हो थाहा नभएको र उनीहरु फर्केपछि कुरा गर्ने बताउनुभयो ।

भारतीय सेनाको आरोण टोलीले ९ अप्रिलमा मकालु बेसक्याम्पमा पहिलो पटक ३२X१५ इन्चको रहस्यमयी यतिको पाइला भेटिएको भन्दै इन्डियन आर्मीको ट्वीटर ह्याण्डलबाट ट्वीट गरेको थियो । ट्वीटपछि यसलाई विश्वभर चासोका साथ हेरिएको छ भने बीबीसी, सीएनएनलगायत अन्तराष्ट्रिय मिडियालेसमेत समाचार बनाएका छन् ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More