भिआईपीहरुको अपराध कनेक्सन- फेरि अर्का सांसदलाई पक्राउ पूर्जी

17 October, 2019 11:13 |राजनीति | comments | 7350 Views

    सभामुख रहेका बखत कृष्णबहादुर महराले एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा छन् । राजपाका सांसद प्रमोद साह जनकपुर विमानस्थलमा ताडफोड गरेको आरोपमा प्रहरी हिरासतमा छन् भने पछिल्लो समय नेकपाका सांसद पार्वत गुरुङलाई ‘ज्यान मार्ने प्रयास गरेको’ भनी दायर मुद्दामा पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको छ ।

    adsads

    उक्त आरोप प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ । जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले गत बैशाख २९ गते विश्वध्वज खड्काले दायर गरेको जाहेरीसहितको मुद्दामा जिल्ला अदालत काठमाडौंले म्याद तामेल गरेको जिल्ला अदालत काठमाडौंका गुरुङका नाममा काठमाडौंबाट म्याद तामेल गर्न दोलखा पत्र पुगेको बताउनुभएको छ ।

    म्याद तामेल नभएका कारण हालसम्म पनि पेशीमा नचलेको ‘ज्यान मार्ने उद्योग’को मुद्दामा गुरुङको ठेगाना गौरीशंकर नगरपालिका वडा नम्बर ५ भनी उल्लेख छ । उक्त मुद्दामा मिन बहादुर तामाङ, कारसाङ भनिने कर्ण तामाङ, सांसद गुरुङ, उर्मिला धामी, जीवन तामाङ, सागर तामाङ र सविन तामाङलाई प्रतिवादी बनाइएको छ । उजुरी दिनेको जिल्ला लगायतका सबै विवरण ‘नखुलाइएको’ भनी उल्लेख छ ।

    उता सांसद गुरुङले आफूमाथि पक्राउ पुर्जी जारी भएको स्वीकार्दै पुरानो स्थानीय तहकै मुद्दा भएकोा र त्यसलाई राजनीतिक मुद्दा भन्नुपर्ने बताउँदै त्यसबेला काठमाडौँ प्रहरी कार्यालयमा सांसद पार्वत गुरुङ नभनेर एउटा सामान्य नागरिकका रूपमा पूर्व माओवादीले राजनीतिक पूर्वाग्रहका हिसाबले मुद्दा दर्ता गराएको र आफूले त्यसलाई सहज रूपमै लिएको बताउनुभएको छ ।

    सांसद गुरुङलाई पक्राउ गर्नुअघि प्रहरीले व्यवस्थापिका संसद् सचिवालयमा जानकारी गराउनुपर्छ । अब सांसद गुरुङ आफैँ अदालतमा उपस्थित हुन सक्नेछन् भने प्रहरीले पक्राउ गरेर अदालत उपस्थित गराउने बाटो पनि खुला छ । त्यसपछि उनी विरुद्धको आरोपमाथि थुनछेक बहस हुनेछ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!