‘भिजिट नेपाल २०२०’ सफल पार्न सुधार गर्नुपर्ने केही सामान्य सुझाव

15 November, 2019 12:02 | बिचार | comments | 28050 Views

हवलचन्द्र लामा

नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित भिजिट नेपाल २०२० आरम्भ गरेको छ । अबको केही समयपछि यसको औपचारिक घोषणा हुनेछ भने अहिले विश्वका विभिन्न मुलुकमा यसको प्रचार प्रसार भैरहेको छ, यसको सफलताका लागि अनेक योजना बनिरहेका छन् ।

adsads

यसै सेरोफेरोमा माननीय पर्यटन मन्त्री र भिजिटि नेपालको सचिवालयलाई केहस् खुला सुझाब दिन गैरहेको छु ।

विशेषतः ब्यस्त मन्त्रीज्यू विदेश पुगेर भए पनि नेपाली दूताबाससंग सहकार्य गर्दै प्रचार गरिरहनु भएको हामीले समाचार माघ्यमबाट पसढरहेका छौ । तपाई युवा मात्र हैन झुजारु र हरेक क्षेत्रमा अनुभवि हुनुभएकाले गर्दा पर्यटन व्यवसायी मात्र हैन समग्र नेपालीमा ठूलै अपेक्षा यहाँबाट हुनु स्वभाविक हो । प्रख्यात चिनीया कलाकारदेखि बेलायतको पर्वतारोही लगायतलाई पर्यटन दूत बनाइ अघि बसढिरहनु भएको कार्य साह्र नै सराहनीय छ ।

यद्यपि करिब २० २५ देशको भ्रमण अनुभव र नेपालमा अझै सुरु हुन नसकेका केही विषयहरुलाई बुँदागत रुपमा राख्न चाहन्छु । यो मेरो सुझाव मात्र हो र सोचनीय विषय बनोस भन्ने आशमा छु ।

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ रुटमा नगर परिक्रमा गर्ने बस राख्ने । जस्तो-

– एउटा कोटेश्वर-सातदोबाटो-जावलाखेल- एकान्तकुना- कालीमाटी थापाथली-पाटन-पुल्चोक-मंगलबजार ग्वार्को हुँदै फर्कने ।
– बानेश्बर-माइतीघर-कमलपोखरी-दरबारमार्ग-सुन्घारा-दरबार स्क्वायर-कान्तिपथ-ठमेल-लाजिम्पाट-ज्ञानेश्वर-भिमसेन गोला-सिनामंगल हुँदै फर्कने ।
– चावहिल-बौद्ध-माहाराजगंज-गंगबु-स्वयम्भु-क्षेत्रपाटी-सोरखुट्टे-लैनचौर-महाराजगंज-चाबेल बाँट फर्कने ।

प्रकृया र ब्यबस्था

– व्यस्त समय (अफिस आवर)मा घेरै र बिहान बेलुका कम बस गुडाउने ताकी अनाबस्यक खर्च नहोस
– बस हरेक ३० मिनेट देखी ६० मिनेट र प्यासेन्जर को चाप हेरेर फिक्स गर्ने
– जाम र अन्य घटना नभएना समयमैपुग्ने र समयमै प्रस्थान गर्ने
– चालक र सह-चालकले अंग्रेजी भाषा अनिबार्य बोल्न जानेको हुन पर्ने
– लगेज(समान)राख्न स्पेस हुनपर्ने
– बसमा सीसी क्यामरा जडान गर्ने त्यसो गर्दा कर्मचारीले फट्याइ नगरोस
– बस फुल बातानुकुलवाला हुन पर्ने
– बस भित्र कुन ठाउपुग्न कती समय लाग्छ अहीले कता पुग्यो आदी अंग्रेजीमा गाइड गरिराख्ने !
– बस भित्र नेपालको पर्यटक स्थलको परिचय भिडीयो देखाइ राख्ने
– असक्त/अपाङ्ग/बृद्द/बालक ले चडन सजिलो खुटकिला हुन पर्ने
– सामानको लोड/अनलोड सह-चालकले गर्ने ब्यबस्था हुन पर्ने ।
– भाड़ा दर र बसको समय फ्लाइट को चाप र बाटोको दुरी अनुसन्धान गरेर तयार गर्ने !
– सकेमा भबिष्यको लागी बस रोक्ने/पर्खने ठाउको ब्यबस्था गर्ने र बस स्टपमा सार्बजानिक सौचालय र घुम्रपान गर्ने ठाउको ब्यबस्था गर्ने।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More