भिषा रद्द हुने आठ सय ३२ विदेशीमा ६२ जना नेपाली

24 August, 2019 18:05 |जापान | comments | 56850 Views

    जापान अध्यागमनले यहाँ बस्ने विदेशी नागरिकमाथि कडाई गर्ने क्रममा सन् २०१८ मा ८ सय ३२ जनाको भिषा रद्द गरिदिएको छ । यसमा नेपालीको संख्या ६२ रहेको छ ।

    adsads

    समाचार अनुसार सबैभन्दा बढी भिषा रद्द हुनेमा भियतनामी रहेका छन् । त्यसपछि चिनीया र तेस्रो नम्बरमा नेपाली रहेका छन् । सन् २०१८ मा ४ सय १६ जना भियतनामी, १ सय ५२ चिनीया र ६२ नेपाली र ४३ जना फिलिपिनोलाई स्वदेश फर्काइएको छ ।

    यसरी भिषा रद्द गरेर स्वदेश फर्काइएका विदेशीमध्ये आधाजसो विद्यार्थी रहेका छन् । अध्यागमन ब्यूरोको तथ्यांक अनुसार भिषा रद्द भएर स्वदेश फर्काइएकामा विद्यार्थी संख्या मात्रै ४ सय १२ रहेको छ । अघिल्लो वर्ष यो संख्या केवल २ सय ४० रहेको थियो । यसै गरी प्राविधिक प्रशिक्षणमा आएकामध्ये १ सय ३५ जना फर्काइएका छन् ।

    यसै गरी विद्यार्थी तथा अन्य प्रयोजनका लागि जापान आएर काम गर्ने अनुमति लिएकामध्ये पनि ६९ जनाको भिषा रद्द गरेर उनीहरुलाई देश फर्काइएको छ । गत वर्ष भिषा रद्द गरेर फर्काइएकाहरुमा विद्यालय छोडेर भागेका प्राविधिक प्रशिक्षणमा आएर पनि प्रशिक्षणमा नगई पार्ट टाइम काम गरेका र अध्यागमनको स्वीकृतिभन्दा फरक काम गरेको, गलत प्रयोजनको लागि नक्कली विवाह गरेकाहरुको भिषा रद्द गरिएको अध्यागमन ब्यूरोले जनाएको छ ।

    समाचार अनुसार अध्यागमन विभागले प्रदान गरेको हैसियतभन्दा फरक क्रियाकलाप गरेको भन्दै उनीहरुको भिषा रद्द गरिएको जापानकोा कानुन मन्त्रालयलाई उदधृत गर्दै जापानी संचार संस्था एनएचकेले समाचार सार्वजनिक गरेको हो ।

    मन्त्रालयका अनुसार जापानले नियम विपरीत काम तथा रोक लगाइएका अन्य क्रियाकलाप गर्नेलाई भिषा रध गरेर उनीहरुको देश फर्काउने नीति सन् २००५ बाट अलवम्बन गरेको थियो ।

    त्यस्तै जापानीसंग विवाह गरेका विदेशीलाई पनि उनीहरुको देश फर्काइएको छ । यसरी फर्काइएकामध्ये अधिकांशले जापानमा बस्नकै लागि नक्कली विवाह गरेको पाइएको अधिकारीहरुले बताएका छन् । यसरी फर्काइएकामध्ये केहीको भने जापानी श्रीमती वा जापानी श्रीमानबाट सन्तान समेत भैसकेको बताएको छ ।

    जापानमा सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा बढी विदेशीको भिषा रद्द गरिएको हो । सन् २०१६ मा २ सय ९४ जना र सन् २०१७ मा ३ सय ८५ जनाको मात्र भिषा रद्द भएकोमा यस वर्ष निकै बढी भएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!