भुकम्पपछि पर्यटनको आशा जगाउदै प्याराग्लाइडरहरु पूर्वमा

21 May, 2015 14:22 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 82200 Views

-रोहित राई

बैशाख १२ को महाभुकम्पले भौतिक संरचना मात्रै होइन, नेपालको अर्थतन्त्रको प्रमुख आधार पर्यटन क्षेत्रलाई पनि तहसनहस पार्यो । पर्यटकहरु आउन रोकिए, पर्यटनका गतिविधिहरु पनि प्रायः ठप्प छ । पोखरामा व्यावसायिक प्याराग्लाइडिङ गर्दै आएका ग्लाइडर र व्यासायीहरु भुकम्प पछि गोरखा र सिन्धुपाल्चोक गएर राहत वितरण गरे । गोरखाको मचेक, थुमी र सिन्धुपाल्चोकको लिस्टीकोटमा राहत विरतण सकेर दुई टेण्डम पाइलट भने गृहनगर पूर्वको धरानतर्फ हान्निए ।

उनीहरु गृहनगर आउनुमा पोखरामा प्लाइट बुकिङ नभएर मात्रै थिएन, पोखरामा केन्द्रीत प्याराग्लाइडिङलाई पूर्वमा पनि विस्तार गर्नु र भुकम्प पछि ठप्प बनेको पर्यटनलाई जगाउने प्रयास गर्ने उद्देश्य पनि थियो । माउण्टेन भ्यु प्याग्लाइडिङमा आवद्ध टेण्डम पाइलट देशविर जिमी र बिगस्माइल प्याराग्लाइडिङका मणि तामाङ अहिले धरानको आकाशमा प्रि–मनसुन टेस्ट फ्लाइटको साथै विष्णुपादुकास्थित चिण्डेडाँडाको टेकअफ प्वाइन्ट र ल्याण्डिङ स्पट अध्ययन एवं तयारीमा जुटेका छन् । ‘भुकम्प पछि पर्यटन क्षेत्र पनि तहसनहस भएको छ, हामी राहत लिएर गोरखा र सिन्धुपाल्चोक गयौं, त्यसपछि पूर्वमा केही गर्नुपर्छ भनेर यता आयौं’–टेण्डम पाइलट देशविरले भने–‘भुकम्पले पूर्वमा क्षति कम गरेको छ, यताको पर्यटन जिवितै छ, सरकारले चाहेमा पर्यटन जुर्मुराउन सकिन्छ ।’

  

IMG_0495-1024x761

प्रि मनसुन फ्लाइट गरेका पाइलटद्धयका अनुसार यो समय पोखरामा व्यावसायिक उडानले ब्यस्त हुनुपर्ने थियो । तर, भुकम्पको कारण पर्यटकहरु नआउदा फ्लाइट छैन । पोखरामा आउने सबैभन्दा बढी चिनीया पर्यटकहरु हुन्छन् । प्लाराग्लाइडिङ पनि धेरै चीनीया पर्यटकहरुले नै गर्छन् । बैशाख १२ यता भने पोखरामा व्यावसायिक उडान ठप्प छ । पोखराको प्याराग्लाइडिङ विश्वका उत्कृष्ट ५ मा गनिन्छ । नेपालमा पोखराबाहेक भर्खर मात्रै तनहुको बन्दीपुर, स्याङजाको सोरेक श्रीकोट, सुर्खेत, दाङ र पाल्पामा पनि उडान अनुमति पाएको छ । पूर्वको धरानमा मन्त्रालयबाट स्वीकृति पाएपनि व्यावसायिक उडान भने हुनसकेको छैन । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले मन्त्रालयबाट स्वीकृत पाइसकेको भएपनि नागरिक उड्यान प्राधिकारणबाट एओसि (एयर अपरेशन सर्टिफिकेट) पाउन भुकम्पकै कारण ढिलाई हुदा व्यावसायिक उडानमा अवरोध पुगेको छ भने र धरान स्काई एडभेन्चर प्याराग्लाइडिङ प्रालिले उडान अनुमति पाएको दाबी गरेपनि उडान सुचारु गर्न सकेको छैन ।

व्यावसायिक उडान शुरु नभए पनि धरानमा विगत ५ बर्षदेखि नै धरानका तारामणि राई, राम राई, लेखमणी जिमीलगायतको पहलमा प्याराग्लाइडिङको सफल उडान परीक्षण र प्रर्वद्धन हुदै आएको थियो । व्यावसायिक उडान शुरु गर्न सकेमा धरानको मात्रै नभएर पूर्वकै पर्यटनमा महत्वपुर्ण टेवा पुग्ने बुढासुब्बा प्याग्लाइडिङ नेपाल प्रालिका अध्यक्ष लेखमणी जिमीको भनाई छ । ‘मन्त्रालयबाट स्वीकृति भएर फाइल प्राधिकरणमा पुगेको छ, सम्भाव्यता अध्ययन भइसकेको छ । एओसि पाउन मात्रै बाँकी हो’–उनले भने–‘व्यावसायिक उडान शुरु भयो भने आन्तरिक र भारतको पश्चिम वंगाल, सिक्किम, बिहारसँगै भुटानको पर्यटकहरु यता आकर्षित हुनेछन् ।’ भविष्यमा किमाथांका नाका खुलेमा चीनीया पर्यटकहरुबाट पनि पूर्वले लाभ लिनसक्ने सम्भावना रहेको उनले खुलाए ।

टेण्डम पाइलट जिमीका अनुसार पोखरामा क्षेत्रीय विमानस्थल बनेपछि उडान क्षेत्र सिमित हुनेछ । त्यसको विकल्पमा पूर्वको धरान प्याराग्लाइडिङको लागि गन्तव्य हुनेछ । अन्र्तराष्ट्रिय प्रतियोगिताको लागि पनि धरान उपयुक्त भएको उनले बताए । अर्का ग्लाइडर मणी तामाङका अनुसार पोखरामा एयरपोर्ट भएको कारण डाँडा कटेर उडान गर्न निषेध छ । तर, धरानमा भने सिटि राइडको बेग्लै मजा लिनसकिन्छ । ‘पश्चिमतिर कारणवश पर्यटनका गतिविधि रोकियो भने विकल्पमा पूर्व क्षेत्र गन्तव्य बन्छ, यसको लागि सरकारले पनि ध्यान दिनजरुरी छ’–उनले भने ।

IMG_0438-1024x676

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More