भुकम्प र सुनामीपछि जापानलाई सहयोग गर्नेमा अमेरिका पहिलो

9 April, 2013 16:56 | जापान | comments | 41850 Views

२०११ को मार्चमा आएको शक्तिशाली भुकम्प र सुनामीपछिको जापानलाई सहयोग गर्नेमा अमेरिका पहिलो स्थानमा रहेको छ । जापानि रेडक्रस सोसाइटीले सार्वजनिक गरेको सुचिमा अमेरिका पहिको स्थानमा देखिएको हो ।

 

सोसाइटीले सन २०१२ को अन्तसम्म छिमेकी र अन्य मुलुकबाट प्राप्त सहयोगको सुची सार्वजनिक गरेको हो । सुचिका अनुसार अमेरिकाले जापानलाई कुल २.९९ बिलियन येन भन्दा धेरै सहयोग गर्दै पहिलो स्थानमा रहेको देखिएको छ भने दोश्रो स्थानमा २.९२ बिलियन येन सहयोगको साथ ताइवान रहेको छ । भुकम्प र सुनामी पश्चात भएको क्षतिबाट माथी उठ्न जापानलाई सहयोग स्वरुप बिभिन्न १७९ मुलुकबाट २२.७ बिलियन येन भन्दा धेरै सहयोग रकम प्राप्त भएको थियो ।

  

 

 

निकटतम छिमेकी दक्षिण कोरिया भने सहयोगिको सुचिमा टप २० मा पनि परेन । किचलो र टापु बिबाद झेलेको चिन भने सहयोगीको सुचिमा पाचौ स्थानमा रहेको छ ।
सहयोग गर्ने मुख्य २० मुलुक यस प्रकार रहेका छन । सहयोग रकम जापानि येनमा ।

 

१. अमेरिका २.९९ बिलियन
२. ताइवान २.९२ बिलियन
३. थाइलण्ड २.०५ बिलियन
४. ओमन १.०७ बिलियन
५. चिन ९१० मिलियन
६. अल्जेरिया ८३० मिलियन
७. बेलायत ७८० मिलियन
८. भियतनाम ७८० मिलियन
९. हङकङ ७२० मिलियन
१०. फ्रान्स ६१० मिलियन
११. स्विट्जर्लण्ड ५५० मिलियन
१२. मलेशिया ५१० मिलियन
१३. ईन्डिया ४८० मिलियन
१४. ब्राजिल ४८० मिलियन
१५. पापा न्यु गुइनेआ ३२० मिलियन
१६. सिङपुर ३१० मिलियन
१७. अष्ट्रेलिया ३०० मिलियन
१८. मोङोलिया २९० मिलियन
१९. फिलिपिन्स २९० मिलियन
२०. इटली २७० मिलियन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More