भुवन, बसुन्धरा देखि स्वस्तिमा सम्मलाई नवदुर्गा सम्मान
नेपाली चलचित्रको प्रथम अभिनेत्रीदेखि अहिले चल्तीमा रकहेका अभिनेत्री समेटेर राष्ट्रिय नवदुर्गा सम्मान गरिने भएको छ । राष्ट्रिय नवदुर्गा सम्मान तथा साँस्कृतिक कार्यक्रम सहित गरि यो सम्मान कार्यक्रममा विभिन्न नौ अभिनेत्रीलाई सम्मान गरिदै छ ।
सम्मानित हुने अभिनेत्रीहरुमा नेपालकै पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरु भुवन चन्द तथा बसुन्धरा भूषाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चीता लुइंटेल एवं स्वस्तिमा खड्का रहेका छन् ।
विशिष्ट अभिनेत्री सहित नव अभिनेत्री सम्म राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित गरिनुमा विशिष्टलाई कदर गरिएको र नयाँहरुलाई भने एकै मञ्चमा प्रोत्साहन गरिएको आयोजकहरु मध्ये एक शहिद फिल्मकी विमना केसीले बताइन् ।
राष्ट्रिय नवदुर्गा सम्मान सहित वृहत साँस्कृतिक कार्यक्रम समेत राखिएको छ । साँस्कृतिक प्रस्तुति दिनका लागि एलिशा राई, अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, गम्भिर विष्ट, गजित विष्ट, प्रवित्रा आचार्य लगायतका कलाकार रहेको आयोजक संस्था मध्ये एक रेजीना फिल्मस् की रेजीना उप्रेतीले बताइन् ।
सम्मानका अलावा मनोटोनस् नहोस भन्नका खातिर साँस्कृतिक प्रस्तुति समेटीएको उप्रेतीले बताइन् । उनले भनिन् – पक्कै पनि साँस्कृतिक प्रस्तुति आकर्षक हुनेछ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल रहेका छन् । राष्ट्रिय नाचघरमा आयोजना हुने यस कार्यक्रमको सञ्चालन भने दीपज्योती थापाले गर्नेछिन् । कार्यक्रम राष्ट्रिय नाचघरमा यहि १३ गते दिउँसो २ः३० देखी शुरु हुने बताइएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- एयर अरेबिया निम्न भाडादरमा राम्रो सेवा दिने विमान कम्पनी बन्न सफल
- साग क्रिकेटमा नेपाललाई काँस्य पदक
- नेकपा सचिवालयको बैठकमा उपनिर्वाचनको समिक्षा हुने
- भारतसंग लगातारको हार रोक्दै स्वर्णपदक जित्ने दाउमा नेपाली महिला फुटबल
- पैसा लिएर उत्तरपुस्तिका बदल्छन्- घरमै परीक्षा दिने बन्दोबस्त मिलाउँछन्
- आजको राशिफल– २०७६ मंसिर २३ गते सोमबार
- नेपाल साग फुटबलको फाइनलमा- भुटानसंग उपाधीका लागि भीडन्त
- द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति भण्डारी
- सीमा अतिक्रमण हुन बचाएको विद्यालयकै जग्गाधनी पूर्जा छैन
- नयाँ दिल्लीमा कारखाना आगलागीः कम्तीमा ४३ जनाको मृत्यु
- तेस्रो स्वर्ण जित्दै इतिहास रचिन गौरिकाले : जुडोमा देवीकाले दिलाइन स्वर्ण
- एकै दिनमा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु
- बम बिस्फोट गराउने विप्लव समूहका मेची नगर इञ्चार्ज पक्राउ
- नेपाल भ्रमण वर्षका लागि पाँच हजारजनालाई पर्यटकीय तालीम
- जति नै पीडित भए पनि नारी मन- पलाउँछ माया अनि फेर्छन् बयान
- ट्रकको ठक्करबाट बालिकाको मृत्युपछि प्रहरी र विद्यार्थीबीच झडप डिएसपीसहित नौ प्रहरी घाइते
- सार्क स्थापनाको पैँतीस वर्ष : सधैं भारत-पाक तनावको शिकार
- जब जिम्मेवारहरु नै बेचबिखनमा सक्रिय हुन्छन् भने…
- भ्रमण वर्ष २०२० सफल बनाउन सचिवालय गठन- प्रचार प्रसार तीब्र
- प्रमोदको कोचिङमा ‘द भ्वाइस अफ नेपाल’- २ को उपाधि राम लिम्बुलाई
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


