भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’ भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’

  • भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’
  • भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’
  • भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’
  • भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’
  • भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’
  • भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’

भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’

26 April, 2019 23:30 | जन सरोकार | comments | 10650 Views

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा भूकम्प पुनःनिर्माणको कामले सोचेअनुसार गति लिनसकेको छैन ।जिल्लाभरिमा भूकम्पले क्षति पुर्याएका घरमध्ये अहिलेसम्म करीब ४० प्रतिशतले मात्रै तेस्रो किस्ता लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्कमा उल्लेख छ ।

adsads

जम्मा क्षति पुगेका लाभग्राहीमध्ये १० प्रतिशतले त सम्झौता गर्न नै बाँकी रहेको विवरणमा उल्लेख छ । स्थानीय तहका प्रमुखहरुले भने गाउँमा इञ्जिनीयर पर्याप्त मात्रमा नहुनु र भएका पनि गाउँमा नबस्ने गरेका कारण छिटो काम हुननसकेको बताउनुभएको छ ।

पछिल्लो समयमा पुनःनिर्माणका काम स्थानीय तहबाट नै गर्ने गरी गुनासो सुनुवाइ र पुनःसर्वेक्षण गर्ने भनेर प्रशिक्षण गोष्ठी सञ्चालन गरेको भए पनि इञ्जिनीयर र प्राविधिक नखटाएको कारण कुनै पनि काम अगाडि नबढेको चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले बताउनुभयो ।

सो गाउँपालिकामा अहिलेसम्ममा ३७ प्रतिशतले तेसो किस्ता लगेका छन् भने ६६ प्रतिशतले दोस्रो र ८७ प्रतिशतले मात्रै पहिला किस्ता लगेको तथ्याङ्कमा उल्लेख छ । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भएका लाभग्राहीको पुनःनिर्माणको काम सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताउनुभयो । जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने काम र लाभग्राहीले निर्माण गर्ने भूकम्प प्रतिरोध घर निर्माणमा तेस्रो किस्ता लिनेको सङ्ख्या ५१ प्रतिशत रहेको उहाँको भनाइ छ ।

जनस्तरबाट काम भइरहेको भए पनि प्राविधिक र इञ्जिनीयर पर्याप्त मात्रमा नहुँदा समस्या भएको उहाँले बताउनुभयो । सो गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ५१ रहेको छ भने दोस्रो किस्ता लिनेको सङ्ख्या ८२ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ९७ प्रतिशत रहेको छ । उता खानीखोला गाउँपालिकामा पनि जनशक्ति अभावका कारण पुनःनिर्माणको कामलाई प्रभावित बनाएको पालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताउनुभयो ।

“भूकम्प लाभग्राही घर बनाउन लागिरहेका छन्, तर समयमा नै प्राविधिक र इञ्जिनीयरको उपस्थिति नहुँदा ढिला भइरहेको छ”, उहाँले भन्नुभयो, “एकातिर प्राविधिक र इञ्जिनीयर पर्याप्त छैनन्, अर्कोतिर भएका इञ्जिनीयर पनि गाउँमा नजाने र नबस्ने गरेका कारण पनि समस्या उत्पन्न भइरहेको छ ।”

लाभग्राहीलाई समयमा नै उचित परामर्श र प्राविधिक सल्लाह नभएका कारण करीब ८०÷९० लाभग्राहीले एककोठे मात्रै घर बनाएर सम्पन्न गरिसकेको भए पनि पछि प्राविधिक रुपले उपयुक्त नभएका कारण किस्ता नै रोकेर समस्या भइरहेको बताउनुभयो ।

जिल्लामा स्थानीय तहगत हिसाबले पुनःनिर्माणको क्रममा भएको प्रगतिमा बनेपा नगरपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३३ प्रतिशत र ४६ प्रतिशतले दोस्रो किस्ता तथा ८९ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् । बेथानचोक गाउँपालिकामा ३८ प्रतिशत तेस्रो किस्ता, ६६ प्रतिशत दोस्रो किस्ता र ८६ प्रतिशत पहिला किस्ता लिइसकेका छन् । स्थानीय तहमध्ये भुम्लु गाउँपालिकामा ६३ प्रतिशतले तेस्रो किस्ता लिइसकेका छन् । त्यस्तै ७९ प्रतिशत दोस्रो किस्ता र ९४ प्रतिशतले पहिला किस्ता लिइसकेका छन् ।

उता पनौती नगरपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३५ प्रतिशत, दोस्रो किस्ता लिनेको सङ्ख्या ५१ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८८ प्रतिशत रहेको छ । रोशी गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३८ प्रतिशत रहेको छ भने दोस्रो किस्ता लिनेको सङ्ख्या ६५ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८५ प्रतिशत रहेको छ भने तेमाल गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३८ प्रतिशत रहेको छ । त्यस्तै दोस्रो किस्ता लिनेको सङ्ख्या ६४ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८६ प्रतिशत रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्कमा उल्लेख छ ।

‘भूकम्प गएको दशौँ वर्षसम्म परकम्पन आउन सक्छन्’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More