भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा

  • भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा
  • भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा
  • भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा
  • भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा
  • भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा

भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा

11 August, 2016 11:40 | पत्रपत्रिका | comments | 61050 Views

भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमाकेपी ओली नेतृत्वको अघिल्लो सरकार र प्रमुख प्रतिपक्षी दलबीच डेढ महिनाअघि भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न पहिलो किस्तामै डेढ लाख रुपैयाँ दिने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन गर्न अनुदान वितरण कार्यविधि परिवर्तन भएको छैन । कार्यविधि परिवर्तनमा दाताले पनि असन्तुष्टि जनाएकाले पीडितले एकमुष्ट डेढ लाख पाउने–नपाउने अन्योल छ ।

तत्कालीन प्रतिपक्षी कांग्रेसले असारमा सात दिनसम्म संसद् अवरुद्ध गरेपछि पीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति भएको थियो । कार्यविधि परिवर्तन गरेर भूकम्पपीडितलाई दुई किस्तामा अनुदान रकम दिने सहमति भएपछि अवरुद्ध संसद् खुलेको थियो । तर, सहमति कार्यान्वयन गर्न अनुदान वितरण कार्यविधि परिवर्तन भएको छैन । कार्यविधि परिवर्तनमा दाताले पनि असन्तुष्टि जनाएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा पदभार ग्रहण गर्दै भूकम्पपीडितलाई पहिलो किस्ता ४५ दिनभित्र दिने निर्णय गरेका छन् । निर्णयमा भनिएको छ, ‘३१ जिल्लाका पाँच लाख ३३ हजार परिवारलाई स्थायी आवास निर्माणका लागि अबको ४५ दिनभत्रि पहिलो किस्ता रकम हस्तान्तरण गर्ने र पुनर्निर्माण कार्य शीघ्र कार्यान्वयन गर्ने ।’ मंगलबारसम्ममा तीन लाख १७ हजार परिवारसँग अनुदान सम्झौता भइसकेको छ ।

  

आर्थिक वर्ष ०७३र७४ को बजेट पारित भएपछि आवास निर्माण गर्न पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा थप ५० हजार रुपैयाँ उपलब्ध गराउने । मापदण्ड पूरा गरी घर निर्माण गरिसकेकालाई भने एकमुष्ट दुई लाख रुपैयाँ दिने ।

पहिले नै ५० हजार रुपैयाँ अनुदान लिएकाले थप एक लाख पाउने, तर पहिले नलिएकालाई एकमुष्ट डेढ लाख दिने । यसका लागि घर निर्माणको प्रारूप पेस गर्नुपर्ने । दोस्रो किस्ताको बाँकी ५० हजार भने घर निर्माणको सबै काम सकिएपछि निरीक्षण गरेर उपलब्ध गराउने ।झुटा विवरण पेस गरेर अुनदान रकम लिन खोज्नेलाई कानुनी दायरामा ल्याउन आवश्यक मापदण्ड पनि बनाउने ।

आजको नयाँ पत्रिका दैनिक बाट

नेविसंघ नेताले आमरण अनशन तोडे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More