भूकम्पले ध्वस्त भएकामध्ये छ लाख छ हजार पाँच सय पाँच निजी आवास पुनःनिर्माण
२०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पपछि लाभग्राहीमा सूचीकृत भएका भएका आठ लाख ३४ हजारमध्ये हालसम्म छ लाख छ हजार पाँच सय पाँच निजी आवास पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले शुक्रबार भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनारमा सो जानकारी दिइएको छ ।


राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकार, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणका अनुभव आदानप्रदान गर्न विज्ञ तथा अभ्यासकर्ताबाट प्राप्त सुझावले सहयोग गर्ने बताउनुभयो । प्राधिकरणले अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गरी अनुभव आदानप्रदान गर्ने तयारी गरेकामा कोरोना भाइरसको सङ्क्रमणका कारण केही ढिला हुने जनाइएको छ । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतमा देखिएका कमीकमजोरी सच्याउँदै आगामी दिनमा पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।
प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनःनिर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कार्यपत्र तयार गरिरहेको छ । आज उद्घाटनलगत्तै निजी आवास पुनःनिर्माणसम्बन्धी पत्र कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले शहरी क्षेत्रमा कम जमिनमा बनेका घरमा बहुस्वामित्वका कारण केही समस्या आएको बताउनुभयो ।
प्रवलीकरण लाभग्राही सूचीमा रहेका भूकम्पपीडितको पुनःनिर्माण सुस्त रहेको जानकारी सो अवसरमा गराइएको थियो । ग्रामीण क्षेत्रमा निजी आवास पुनःनिर्माण अन्तिम चरणमा पुगिसकेको प्राधिकरणले जनाएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए । लाभग्राही सूचीमा समावेश भएकामध्ये ७७ हजार ३२५ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् । जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।
हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ । पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने छ । तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ ।
दोस्रो कार्यपत्र सांस्कृतिक सम्पदा पुनःनिर्माण सम्बन्धमा प्रस्तुत भएको छ । कार्यपत्र प्रस्तुत गर्नुुहुँदै पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले हालसम्म भूकम्पले क्षति पुगेका आधाभन्दा बढी संरचना पुनःनिर्माण सम्पन्न भएकाले आगामी दुई वर्षमा सबै सम्पदा ठड्याइसक्ने प्रतिबद्धता जनाउनुभएको छ ।
भूकम्प प्रभावित ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुगेको तथ्याङ्क छ । हालसम्म ५०० भन्दाबढी सम्पदा पुनःनिर्माण भइसकेका छन् । विभिन्न विषयगत अध्याय तयार गर्न प्राधिकरणका अधिकारी एवं विज्ञ संलग्न रहेका कार्यसमूह गठन गरिएको थियो । प्राधिकरणले निजी आवास पुनःनिर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, साँस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी छ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ ।
थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले सोको अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सो सम्बन्धमा समेत सुझाव सङ्कलन गरिनेछ ।
आजै सार्वजनिक भवन तथा पूर्वाधारसँग सम्बन्धित विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुनेछ । दोस्रो दिन शनिबार बाँकी तीन वटा विषयगत अध्यायमा छलफल हुनेछ । वेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, अन्तरराष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ता, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको उपस्थिति छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
- प्रधानमन्त्रीे, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखबिरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता
- सीमा अतिक्रमणपछि कञ्चनपुरको प्यारातालमा भारतको गिद्देनजर : नेपाली पक्ष मौन
- पत्रकार महासंघले ठूला मिडियाको लगानीको पारदर्शिता खोज्ने
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


