“भूकम्प गएको दशौँ वर्षसम्म परकम्पन आउन सक्छन्”

26 April, 2019 16:36 | जन सरोकार | comments | 8100 Views

२०७२ वैशाख १२ गते गएको भूकम्पपछि पटकपटक जमिन हल्लिदा सबैको सातो जानेगर्छ र ०७२ सालकै भूकम्पको स्मरण गर्न पुग्दछन् । वास्तवमा त्यो भूकम्प नभएर परपम्पन भएको र यसबाट आत्तिनु नपर्ने विज्ञहरु बताउँछन् ।

adsads

महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेल बताउनुहुन्छ । उहाँका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो ।

उहाँका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उहाँले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताउनुभयो । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताउनुभयो । जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उहाँले बताउनुभयो ।

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उहाँले बताउनुभयो । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उहाँको भनाइ छ । विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उहाँले त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको बताउनुभयो ।

विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उहाँले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताउनुभयो । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उहाँको भनाइ छ ।

भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउनुहुन्छ । भूकम्पले नभएर संरचनाले क्षति पुर्याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

फेसबुक

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

ट्वीटर

सामाजिक सञ्जाल

More