भूकम्प र सुनामी प्रभावित क्षेत्र जोड्दै नेपाली र जापानी

26 October, 2015 14:46 | जापान | comments | 266850 Views

Japan-2

आजभन्दा चार वर्षअघि जापानमा गएको विनाशकारी भूकम्प र सुनामीबाट अति प्रभावित क्षेत्र फुकिसिमा र गत वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई एक ठाउँमा जोड्ने उद्देश्यले जापानको राजधानी टोकियोमा एक नृत्य महोत्सवको आयोजना सम्पन्न भएको छ ।

सम्पन्न महोत्सवलाई फुताताबी नेपारु नाम दिइएको थियो ।

adsads
विशेष गरी सन् २०११ मा महाभूकम्पबाट क्षतिग्रस्त भएको फुकुसिमाका विभिन्न नृत्य समूहले नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावित नेपालीहरुलाई सान्त्वना दिने उद्देश्यका साथ नृत्य प्रस्तुत गरेका थिए ।

फुकुसिमाका नृत्य समूहले हामी पनि नेपालीहरुको दुःखमा साथ दिन तयार छौं र नेपालको पुनःनिर्माणको लाग सक्दो सहयोग गर्न तयार छौं भन्ने भावनाले भरिएका गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

महोत्सवमा आसागायास्थित एभरेष्ट इन्टरनेशनल स्कूलका विद्यार्थी र अभिभावकहरुले नेपाली नृत्य प्रस्तुत गरी फुकुसिमा लगायत विभिन्न क्षेत्रबाट आएका जापानीहरुसंग सास्कृतिक आदान प्रदान गरेका थिए भने जापानी नृत्य समूहले त्यहाँ उपस्थित नेपालीहरुको हौसला प्रदान गरेका थिए । महोत्सवमा उपस्थित जापानीहरुले कार्यक्रमको अन्त्यमा रेसम फिरिरि गीतमा नाचेर नेपालीहरुको खुसीका लागि कामना गरेका थिए ।

कार्यक्रममा नेपालका विद्यालयहरुको पुनःनिर्माण र विद्यार्थीहरुका लागि कम्तिमा एउटा अण्डा खुवाउने अभियानका साथै फुताताबी नेपारु अभियानका संयोजक जिज्ञानकुमार थापाले योजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।

यसै गरी एभरेष्ट इण्टरनेशनल स्कूल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठले सो स्कूलद्वारा संचालित बिल्ड अ फ्यूचर प्रोजेक्ट मार्फत नेपालको गोरखा, भक्तपुर र सिन्धुपाल्चाकमा विद्यालयहरु पुनःनिर्माण कार्य अघि बढसेको जानकारी दिनुभएका थियो ।

कार्यक्रममा रिभाइब टिम नेपालका संस्थापक सहभागी नारायण खड्काले आफ्नो छुट्टै योजनामा नपालमा ४ वटा विद्यालय र ४० वटा घर पुनःनिर्माण गर्ने काम अघि बढेको जानकारी दिनुभएको थियो ।

जापानी समाचार एजेन्सी क्योदो चुसिनका सम्पादक सिनइची कोइकेले व्यवस्थापीय संयोजन गरेको सो नृत्य महोत्सवमा नेपालीतर्फको संयोजन जिज्ञानकुमार थापाले गर्नुभएको थियो भने भाषा अनुवादकको भूमिका बिसु भण्डारीको भागमा परेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

फेसबुक

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!