भूपू गोर्खा सैनिकमाथि भैरहेको अन्यायको क्षतिपूर्तिको माग

28 February, 2020 11:45 | जन सरोकार | comments | 29250 Views

गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले द्विपक्षीय सन्धिका आधारमा भूतपूर्व गोर्खा सैनिकहरुमाथि भैरहेको अन्यायको क्षतिपूर्तिका लागि माग गरेको छ ।

नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको त्रिपक्षीय सन्धि पुनरावलोकनका लागि पठाएको प्रस्तावको स्वागत गर्दै बेलायत र नेपालबीच द्विपक्षीय सन्धिमा गेसोले जोड दिएको हो ।

  

बिहिबार काठमाडौंमाआयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले भ्ूतपूर्व गोर्खा सैनिकहरुमाथि भइरहेको अन्यायको क्षतिपूर्ति हुने गरी द्विपक्षीय सम्झौताको माग गर्नुभयो ।

सभापति राईले पछिल्लोपटक पराराष्ट्र मन्त्रालयले त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्तावसहित बेलायत सरकारलाई औपचारिकपत्र पठाएको उल्लेख गर्दै गोर्खाहरुको समस्या समधानको बाटो यही भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत जुन महिनामा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका बेला बेलायतका समकक्षी टरिजा मेसँग पनि उक्त सन्धि पुनरावलोकनको प्रस्ताव राख्नुभएको थियो ।”

“पछिल्लोपटक पराराष्ट्र मन्त्रालयले पुनरावलोकनको प्रस्तावसहित बेलायत सरकारलाई औपचारिक पत्र पठाएको हाम्रो जानकारीमा आएको छ । गेसो सरकारको यो कदमको दृढ समर्थन गर्दछ । यसलाई हामीले गेसो आन्दोलनाको एउटा उपलब्धिका रुपमा लिएका छौँ”, उहाँले भन्नुभयो ।

सभापति राईले बेलायतसँगै गोर्खा भर्तीको विषयमा भारत, सिङ्गापुर र ब्रुनाईसँग पनि त्रिपक्षीय सम्झौता जरुरी रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले पठाएको प्रस्तावको जवाफ बेलायत सरकारले चाँडै दिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

द्विपक्षीय सम्झौताबाट नै गोर्खाहरुको समस्या समाधान हुने र नेपालको स्वभिमान पनि उचो रहने उहाँको भनाइ छ । सभापति राईले पेन्सनमा गोरा सेना सरह हुनुपर्ने माग गर्नुभयो । पेन्सनमा अझै पनि २९८ प्रतिशत फरक रहेको उल्लेख गर्दै आफूहरुको माग समान पेन्सन रहेको बताउनुभयो ।

सभापति राईले बेलायत सरकारले गरेको पूर्वप्रतिबद्धताअनुरुप गोरखाहरुको समस्या सम्बोधनका निम्ति अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहलका लागि अपिलसमेत गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More