भृकुटीमण्डपमा फूलको आँखामा फूलै संसार (भिडियोसहित)

24 March, 2019 17:05 | अर्थ | comments | 24450 Views

फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा राजधानीको भृकुटीमण्डपमा गत शुक्रबारबाट २२ औं पुष्प मेला सञ्चालन भैरहेको छ । पुष्प व्यवसायको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष मेला आयोजना हुँदै आएको छ ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा एक्स्पोमा जम्मा ८४ वटा स्टल छन्, जसमा अफिसियल स्टलका लागि १०, प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्डस्केपिङ्गका लागि ४, व्यवसायिक स्टलका लागि ६५ वटा स्टल राखिएको छ ।

साथै मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार,उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिञ्चाई प्रविधि, आधुनिक खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरु पनि छन् ।

  

आयोजकका अनुसार मेलामा करिब ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । उक्त मेला चैत्र १० गतेसम्म मात्र चल्ने आयोजकले जानकारी दिएको छ ।

भिडियो हेर्नुहोस्ः

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More