भृकुटीमण्डपमा रजाइँ भृकुटीमण्डपमा रजाइँ

  • भृकुटीमण्डपमा रजाइँ
  • भृकुटीमण्डपमा रजाइँ
  • भृकुटीमण्डपमा रजाइँ
  • भृकुटीमण्डपमा रजाइँ
  • भृकुटीमण्डपमा रजाइँ
  • भृकुटीमण्डपमा रजाइँ

भृकुटीमण्डपमा रजाइँ

4 May, 2019 12:55 | पत्रपत्रिका | comments | 7800 Views

भृकुटीमण्डपमा रजाइँ

कुनै बेला भृकुटीमण्डप राजधानीवासीको रमाइलो मेला हेर्न जाने ठाउँ थियो । तीनधारा संस्कृत छात्रवासमा बस्दा यहाँको रमाइलो मेला घुमेको सम्झना गर्छन् प्राध्यापक देवी सुवेदी ।

adsads

‘खाना खाएर यसो घुम्न यहीं जान्थ्यौं,’ उनी सम्झन्छन्, ‘टाढा घुम्न गइयो भने ककनी, पनौती, खोपासी, त्रिशूली गइन्थ्यो ।’कुनै बेला भृकुटीमण्डप राजधानीवासीको रमाइलो मेला हेर्न जाने ठाउँ थियो । तीनधारा संस्कृत छात्रवासमा बस्दा यहाँको रमाइलो मेला घुमेको सम्झना गर्छन् प्राध्यापक देवी सुवेदी । ‘खाना खाएर यसो घुम्न यहीं जान्थ्यौं,’उनी सम्झन्छन्, ‘टाढा घुम्न गइयोभने ककनी, पनौती, खोपासी,त्रिशूली गइन्थ्यो ।’

वर्षमा दुई-तीन पटक यहाँ मेला लाग्थ्यो । राजाको जन्मोत्सव, रानीको जन्मोत्सव पारेर मेला लाग्थ्यो । एक पटक सुरु भएको मेला एक डेढ महिना चल्थ्यो । बालबालिकाका लागि खेल, पसलका स्टल राखिन्थ्यो । त्यसको व्यवस्थापन गर्ने काम भृकुटीमण्डप सञ्चालक समितिले गथ्र्याे । टिकट काटेर जानुपर्थ्याे मेला हेर्न ।

‘१० पैसादेखि २५ पैसासम्मको टिकट काटेको याद छ,’ बागबजारका ५७ वषर्ीय होमप्रसाद खड्गी भन्छन्, ‘राजा महेन्द्रको पालामा सुरु भएको थियो रमाइलो मेला ।’ घुम्न जाने यो ठाउँमा ठेलामा सामान राखिएका छन् । टहरा बनाइएका छन् । कहीं पाल राखेर पसल राखिएका छन् । ‘हेर्दाहेर्दै कुरूप भयो यो ठाउँ,’ सुवेदी भन्छन्, ‘यो प्राकृतिक सम्पदा विनाश भएको उदाहरण हो । प्राकृतिक सम्पदा फर्काउनै नसकिने गरी विनाश भए काठमाडौंमा ।’

गुठीको जग्गा अधिकरण
बीसको दशकमा खुला ठाउँ र मनोरञ्जन गर्ने स्थलका रूपमा जग्गा अधिकरण गरिएको थियो । यसअघि किसानले कहिले साग रोप्थे । कोही बेला धान झुलेका देखिन्थे । कोही बेला तोरी पहेँलपुर हुन्थे । ‘हेर्दै रमाइलो थियो यो फाँट,’ ९२ वर्षीय दानबहादुर खड्गी भन्छन्, ‘त्यो बेलाको जस्तो कहाँ हुनु अहिले ? सास फेर्नै कठिन छ ।’ कुल २ सय १४ रोपनी जग्गा अधिकरणगरिएको थियो ।

रमाइलो मेला हुने यो ठाउँकोनाम भृकुटीमण्डप राखियो । जग्गा यहाँका खड्गी र तन्डुकार समुदायको थियो । ‘केही जग्गा खड्गीको पर्‍यो,’ काठमाडौं महानगरपालिका वडा नम्बर २८ का अध्यक्षसमेत रहेका बागबजारका भाइराम खड्गी भन्छन्, ‘धेरै तन्डुकारको पर्‍यो ।’ खासमा खड्गी र तन्डुकार पनि मोही मात्रै थिए । पशुपति पञ्चदेवल गुठी र जगनन्दन प्रकाशेश्वर गुठीको जग्गा थियो ।

अधिकरण गर्ने बेला गुठी संस्थानको स्वामित्वमा गएको थियो, जग्गा । किसान जग्गा कमाउँथे, गुठी संस्थानलाई तिरो तिर्थे । ‘बागबजारवासी तहसिल थिए,’ खड्गी भन्छन्, ‘जग्गाधनी गुठी संस्थान थियो ।’ जग्गा कमाएर गुजारा चलाउने किसान परिवार थुप्रै थिए । तिनलाई नगण्य मुआब्जा दिएर जग्गा अधिकरण गरेको खड्गी बताउँछन् ।

‘आफूले कमाएको जग्गा अधिकरण भएपछि धेरैलाई समस्या भयो,’ खड्गी भन्छन्, ‘धेरै परिवार त यहाँबाट विस्थापितै भए ।’ जुन उद्देश्यले जग्गा अधिकरण गरियो, त्यसको प्रयोग उद्देश्यअनुसार गरिएन । सरकारले यसको भोगाधिकार तत्कालीन सामाजिक सेवा समन्वय समितिलाई दियो । यसको स्थापना २०४३ सालमा भएको थियो । समाजले लिएपछि व्यापार प्रवर्द्धन गर्न ठूलो हल बनायो । समिति २०४९ सालमा समाज कल्याण परिषद्मा रूपान्तरण भयो ।

‘परिषद्लाई आम्दानीको स्रोत बनाउन भोगाधिकार दिएको हो,’ समाज कल्याण परिषद्अन्तर्गतको भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख सञ्जयकुमार मल्लिक भन्छन्, ‘कुनै अवधि नतोकी सधैंका लागि परिषद्लाई दिइएको हो ।’ समाज कल्याण परिषद्लाई आफ्नो उद्देश्य पूरा गर्न सहयोग पुगोस् भनेर सरकारले जग्गा दिएको थियो । परिषद्को सबैभन्दा धेरै आम्दानीको स्रोत भएको स्थलका रूपमा लिइन्छ भृकुटीमण्डप । ठूलो आम्दानीको स्रोत मानिए पनि राम्रोसँग स्रोत परिचालन हुन नसकेको परिषद्का कर्मचारी बताउँछन् ।

मल्लिकका अनुसार भृकुटीमण्डपबाट वर्षमा सरदर आम्दानी ९ करोड रुपैयाँ मात्र हुन्छ । यहाँबाट भएको आम्दानीमध्ये ६७ प्रतिशत कर्मचारीको तलब र प्रशासनिक खर्चमा जान्छ । परिषद्ले वर्षमा २५ लाख रुपैयाँ मात्र दिन्छ । पहिला २ करोड रुपैयाँ दिन्थ्यो । अहिले घटाएर २५ लाखमा झारेको हो ।

परिषद्मा १ सय ६५ कर्मचारी छन् । यही आम्दानीले ज्येष्ठ नागरिक कोष, अपांग कोष, स्वास्थ्य कोष र उपकार कोषलाई पनि सहयोग गर्नुपर्छ ।

यी चारै कोषको कार्यालय भृकुटीमण्डपमा छन् । परिषदको आम्दानीको स्रोत मानिएको जग्गा भृकुटीमण्डपबाहेक बानेश्वरमा ८ रोपनी र बूढानीलकण्ठमा पनि जग्गा छ । आम्दानीको स्रोत बढाउन परिषद्ले केही जग्गामा फन पार्क बनाउन दियो । केही जग्गामा कृषि सहकारी चलाउन दियो । कहीं सानातिना भवन बनाएर भाडामा दियो । अहिले सानाठूला गरेर ७६ संरचना बनेका छन् । पत्रकार महासंघदेखि रिपोर्टस् क्लबसम्म । चिया पसलदेखि पुस्तक पसलसम्म । पुस्तकालयदेखि विभिन्न गैरसरकारी संस्थाका कार्यालय छन्, यहाँ ।

९३ रोपनी खाली गर्न पत्राचार
भाडालगायत विवादका कारण भृकुटीमण्डपको जग्गा प्रयोग गरेका तीन संस्थासँग भएको सम्झौता परिषद्ले रद्द गरेको छ । फन पार्कले ६० रोपनी, ल्याम पुचःले २५ रोपनी र हरित कृषि सहकारीले साढे ८ रोपनी जग्गा प्रयोग गरेका छन् ।

सहकारीले टुकुचामा तरकारी बजार सञ्चालन गरिरहेका छ । यी तिनै संस्थासँग फरकफरक समयमा सम्झौता गरिएका हुन् । फन पार्कलाई १५ वर्षका लागि भाडामा दिने सम्झौता २०६९ सालमा भएको थियो । ल्याम पुचःसँग २०५३ सालमा २५ वर्षका लागि सम्झौता भएको थियो । कृषि सहकारीसँग २०७४ सालमा २५ वर्षकै लागि सम्झौता भएको थियो ।

सम्झौता गर्दा अनियमितता भएको र न्यून भाडा तोकिएको ठहर गर्दै अध्ययन गर्न बनेको समितिले प्रतिवेदन दिएको थियो । गत वर्ष परिषदका उपाध्यक्ष नीलमणि बरालको संयोजकत्वमा समिति बनेको थियो । त्यही समितिको प्रतिवेदनका आधारमा सम्झौता रद्द गरेको परिषद्ले जनाएको छ । परिषद्ले फन पार्कसँग मासिक ५ लाख ५५ हजार रुपैयाँ, ल्याम पुचःले मासिक १३ हजार २ सय रुपैयाँ र सहकारीले मासिक ११ लाख ९६ हजार रुपैयाँ बुझाउने गरी सम्झौता भएको थियो ।

सम्झौताको पालना नभएको भन्दै परिषदको २०७५ चैत २७ गतेको बैठकले सम्झौता भंग गर्ने निर्णय गरेको थियो । एकोहोरो सम्झौता रद्द भए आफूहरूलाई मान्य नहुने र त्यसो गरिएमा अदालत जाने चेतावनी ती संस्थाले दिएका छन् ।

‘६० दिनभित्र उहाँहरूले भृकुटीमण्डप छाड्नुपर्छ,’ मल्लिक भन्छन्, ‘अदालत जाने नजाने उहाँहरूको कुरा हो ।’ २०४९ सालबाट भृकुटीमण्डपमा व्यापार सुरु भएको थियो । तत्कालीन मेयर पीएल सिंहले टुँडिखेलमा राखिएका खुला पसललाई तीन वर्षका लागि यहाँ सारेका थिए ।

‘तीन वर्षका लागि राखिएका पसल २७ वर्षसम्म हटाउन सकिएको छैन,’ अभियन्ता सुसन वैद्य भन्छन्, ‘सार्वजनिक सम्पत्तिमा रजाइँ छ । त्यहाँ भित्रभित्रै पसल किनबेच हुन्छ । एक पटक सार्वजनिक जग्गामा बसेपछि हटाउन मुस्किल हुन्छ भन्ने उदाहरण बनेको छ, भृकुटीमण्डप ।’

बढी भीडभाड
टुँडिखेलको पसल यहाँ सारेपछि वातावरण बिग्रिँदै गयो । ‘भीडभाड र कोलाहाल छ,’ वैद्य भन्छन्, ‘सवारीसाधन, मान्छेको आउजाउले उकुसमुकुस भएको छ । फोहोर पनि बढ्दै गएको छ ।’ बागबजार क्षेत्र जनघनत्व बढ्दै गएको क्षेत्रमा पर्छ । सिटी बसपार्क यहीं छ ।

रत्नराज्य, ल, वाल्मीकि, विश्वभाषा, शंकरदेव, पद्मकन्या जस्ता नाम चलेका क्याम्पस यही क्षेत्रमा छन् । कतिपय निजी क्याम्पस र पद्मोदय, सहिद शुक्रजस्ता नाम चलेका स्कुल पनि यहीं छन् । तीनवटा निजी अस्पताल यही क्षेत्रमा छन् । ‘जहिले पनि मान्छे आएको आयै गर्छन्,’ खड्गी भन्छन्, ‘केएमसी स्कुलको छुट्टी हुँदा त बाटै अस्तव्यस्त हुन्छ । ३५ सय विद्यार्थी एकैपटक निस्कँदा सवारी नै जाम हुन्छ ।’ वडा नम्बर २८ को जनसंख्या मात्र २० हजारभन्दा माथि रहेको वडा कार्यालयको अनुमान छ ।

२०७२ सालमा भुइँचालो आउँदा पद्मकन्या क्याम्पस, सहिद शुक्र मावि, पद्मोदय, खुलामञ्चलगायत स्थानमा जानुपरेको सम्झन्छन् खड्गी । अधिकरण गरिएको क्ष्ाेत्र सीमसार समेत थियो । यहाँ संरचना बन्दै गएपछि पानी पनि सुक्दै गएका छन् । ‘पहिला २ मिटर खन्दै पानी निस्कन्थ्यो,’ खड्गी भन्छन्, ‘अहिले त्यस्तो छैन । भौतिक संरचना बनेपछि पानीको यो सतह घट्यो ।’

तीस वर्ष पहिलेको गुरुयोजना
कुनै बेला खुला ठाउँसमेत रहने गरी मास्टर प्लान बनेको थियो, यहाँ । भूमिगत पार्किङसमेत रहने गरेर विभिन्न २१ संरचनाको डिजाइन गरिएको थियो । विभिन्न ९ ‘जोन’ मा विभाजन गरेर बनाइएको थियो, गुरुयोजना । प्रदर्शनीमार्गबाट छिर्नासाथ पहिलो ‘जोन’ आउँछ ।

त्यो ‘जोन’ लाई ‘एजुकेसनल पार्क’ का रूपमा डिजाइन गरिएको थियो । त्यहाँ विभिन्न शैक्षिक गतिविधि गर्ने योजना थियो । दोस्रो ‘जोन’ मिनी चिडियाखानाका लागि डिजाइन गरिएको छ । तेस्रोमा प्रदर्शनी हल । चौथोमा बाल संग्रहालय । पाँचौंमा खुला नाटकघरलगायत । छैटौंमा मिनी नेपाल ‘जोन’ योजना गरिएको थियो ।

मिनी नेपालमा चौधै अञ्चलको लोकसंस्कृति झल्कने गरी संग्रहालय राख्ने योजना थियो । सातौंमा सपिङ सेन्टर । आठौंमा खुला बजार । नवौंमा पार्किङ स्थल र सपिङ कप्लेक्स बनाउने गरी डिजाइन गरिएको थियो । २०४३ सालमै बनेको थियो गुरुयोजना । गुरुयोजना बनाउन जापानबाट प्राविधिक झिकाइएको थियो । गुरुयोजना कार्यान्वयनमा आएन ।

आजको कान्तिपुरमा खबर छ ।

भृकुटीमण्डपमा फूलको आँखामा फूलै संसार (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भृकुटीमण्डपमा रजाइँ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

फेसबुक

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

ट्वीटर

सामाजिक सञ्जाल

More