भोलितिर हेरेर ओलीको बोली आउने की ?

17 February, 2021 16:05 | बिचार | comments | 15900 Views
तारा सुवेदी

प्रधानमन्त्री जस्ताको सर्वोच्च आधिकारिक र जिम्मेदारीमा बसेका व्यक्तिले सडकका झाँक्री, थापा जस्तो आफ्ना काम कुराको उग्र आलोचकहरुसँग जुहारि वा ठुमरी खेल्नु किमार्थ शोभनीय काम होइन । पदीय मर्यादाको विपरितको आचरण नै ठहरिन्छ । त्यति मात्र पनि होइन । हिजोका प्र.म.हरु प्रचण्ड, माधव नेपाल, झलनाथहरु आजका सडकका आमजनताको भावना, तिनैको भाषा र शैलीमा “बालुवाटारमा बसेर देशको संविधान, ऐन, कानुनको परिपालना गर्दै सम्पूर्ण नागरिकलार्ई पालना गराउने परम जिम्मेवारी वहन गर्नैपर्ने” आजका प्रधानमन्त्री पदमा बसेका के.पी ओली लार्ई जसरी भन्न सुनाउनु पर्ने हो त्यसरी नै भनिरहेछन् । तर त्यसरी त्यही रुपमा भन्दा पनि नसुनेको ठानेर मुटुमा मात्र होइन, मर्ममा नै पुग्ने गरी अग्निवाण हानिरहेका हुनसक्छन् । किनकि उनीहरु आज सरकारबाट भए गरिएका काम कुराबाट असन्तुष्ट भएका आमजनताका “मुखवीर” हुन् ‘प्रतिनिधि वक्ता’ हुन् ।

के.पी ओली “प्र.म.को ताजपोशी” र “तामझाम सहित प्रचण्ड नेपाल खनालको ठाउँमा ओर्लिएर वा सडकमा उत्रिएर उनीहरुलार्ई भित्तैमा पु¥याउने चेष्टा गरिरहेछन् । त्यसरी आक्रोशित, उत्तेजित, असन्तुलित भएर गाँजा, भाङ खाएको भाँङको शैलीमा, पाखुरा सुकिँदै “सडकका मान्छेलार्ई हँसाउदा जग नै हाँस्छ” भन्ने हेक्का राख्नैपर्छ । हो, प्रचण्ड माधवहरुले गरेका वाकवाणको पीडा खप्न र आम जनताले लगाएका नाराको जवाफ त्यही शैलीमा दिने मन भए ओलीलार्ई पनि त्यो अधिकार छ । तर सडकमा उत्रिएको जनताको सम्पत्ति, (बालुवाटार दरवार)मा बसेर जनताको कर र घरमा रजाई गर्दै, जनताका नेतासँग लाप्पा खेल्नु सीमान्त अनैतिक हो ।

राज्यले दिएको अधिकार “संवैधानिक परिसीमाभित्र बसी, विधि विधान अनुसार शासन गर्ने” अधिकारको चरम दुरुपयोग हो । सडकका नेता र जनता जस्तै हुने भए वालुवाटार छोडी ओली पनि सडकमा आउनुुपर्छ । यदि, जनताको घरमा बसेर, जनताको थाप्लोमा करभार बोकाएर, सरकारी साधनश्रोतको उपयोग गर्दै, सडकका जनताका नेतालार्ई “देशद्रोही, राष्ट्रघाती” जस्ता अत्यन्त आपत्तिजनक र–ती शब्दहरुकहाँ कस्तालार्ई प्रयोग गर्नुपर्ने हो भन्नेसम्म पटक्कै नबुझी बोल्दै हिँड्ने हो भने सडकका जनताले “तिमीले राष्ट्रघाती भनेका नेतालार्ई प्रचलित मुलुकी अपराध (संहिता ऐन २०७४) मुलुकी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को भाग ‘२’ फौजदारी कसुर परिच्छेद–१ “राज्य विरुद्धको कसुर” गरेको देखेपछि कारवाही गर्ने जिम्मेवारी सरकारको हो ।

  

त्यसको सर्वााधिकार सम्पन्न अधिकार लिएका तिमीले त्यस्तो “जन्मकैदको सजाय हुने” अपराधमा मुद्दा चलाएर यो विधि शासित राज्य हो” भन्ने साबित गर । होइन सक्तैनौँ भने त्यस्तो फौजदारी कसुर गरेको आरोप हाम्रो घरमा बस्दै र हामीले तिरेको कर बुत्याउँदै लगाउने तिमीलार्ई अधिकार छैन । होइन, भने राज्यबाट प्रदत्त त्यस्तो अधिकारको चरम दुरुपयोग गरेको कसूूरमा हामीले तिम्रो शब्दमा “सेटिङ्ग”को सीमाभित्र परेपाको आशंकित (बजार र सडकमा सबैले जे भने त्यहीँ शब्द प्रयोग गरियो) “अदालतमा” होइन । हाम्रै “जनअदालत”मा ल्याउँछौ । तिमी माथिनै “देशद्रोही, राष्ट्रघाती” अभियोग लगाई मुद्दा चलाउँछौँ” भनेर बालुवाटारभित्रबाट घिसार्दै टुँडिखेलमा ल्याउन सक्छन् । “जिस हाथ में ताज पहनानेकी शक्ति है, वही हातमें ताज उतार्ने की भी शक्ति रहती है” भन्ने हिन्दी उखान सबैलाई थाहा छ ।

त्यो यसकारण सम्भव मात्र नभई झण्डै बढी ययार्थ देखिएको छ । किनकि “राष्ट्रघाती” र “देशद्रोही” जस्तो गम्भीर आरोप आज सडकमा उत्रिएर, जनमनका भावना र बोलीलार्ई उनको अगुवाई (नेतृत्व) गरी, ओलीलाई तिनै जनता रोहवरमा सुनाई र “सत्ता र शक्तिले मान्छेलार्ई भ्रष्ट र मैमत्ता बनाउँछ” भन्ने जुन पढेको थिएँ, केही दशक यतादेखि आफ्नै देशमा त्यो जीवन्त भए–रहेका अनुभुति हुँदैछ । नेपाली जनताले शासनसत्ताको जिम्मा लगाएको, राज्यको संविधान ऐन, कानुनको परिचालन गर्ने गराउने काम कुरा इमान्दारीपूर्वक गर्नसक्ने आशा, भरोसा र विश्वासले हो । त्यसैले जनताले एउटा निश्चित अवधिका लागि शासन सत्ताको अभिभारा सुम्पिनु भनेको उही “लुई (चौधौ कि कुन?)” ले “म नै राष्ट्र हुँ, राज्य हुँ, मेरो विरोध गर्नु भनेको नै राष्ट्र को विरुद्ध बोल्नु हो, मेरो विरुद्ध गतिविधि गर्नु अन्तरघात र गुटबन्दी गर्नु नै राष्ट्रघात गर्नु, देशद्रोही बन्नु हो” भन्ने ठान्नु महामर्खूता र तानाशाहीपूूर्ण हो चिन्तन हो” भन्नेमा कसैको विमति नहोला ।

विश्व इतिहासतिर फर्केर हेरौँ– विभिन्न काल र विभिन्न भूखण्डमा विभिन्न किसिमका “राष्ट्रघाती” र “देशद्रोही” जन्मेका थिए, जन्मिँदै जालान् । कसैले “डा.जोसेफ गोयवल्स शैली अँगाल्दै आफ्नो निधार र छातीमा “नं. १” राष्ट्रवादी मै हुँ म मात्र हुँ भन्दै या कसैले आफ्नो बैठक वा शयनकक्षामा बडेमानको विश्वब्रम्हाण्ड नै समेटेर “मेरो देश मेरो राष्ट्र” भनेर आत्मरति लिए त्यसैलार्ई कसैले महान् देशप्रेमी र राष्ट्रिय सपूूत मान्ने ठान्ने गरे पनि अब त्यो चलोइन ।

तर जिम्मेवारी बोकेका व्यक्तिले त हरेक काम कुरामा “भोलि जनताले” तिमीले भनेको कुरा त सस्तो लोकप्रियता लिने तरिकाले भने बोलेको पो देखियो, किन त्यत्रो गहन जिम्मेदारी वहन गरेको व्यक्तिले, त्यस्ता बेतुका, साकार र सावित गर्न नसकिने, हल्काफुल्का र हावादारी कुरा गरेको ?” भनेर प्रश्न गर्दा पनि त्यस्तै ओठे र उत्पट्याङ जवाफ दिएर त उम्किन नसकिएला ! यस्ता विषय, आफैँले आफूलार्ई सोधेर, आफुले आफुलार्ई अरु हजारौँ, लाखौँको सन्तोषजनक जवाफ दिएको सावित गर्नसक्ने उत्तर मन–मस्तिष्कमा तयार गरेर र लेखेर मात्र बोल्नु राम्रो हो । त्यसैले त विश्वका ठूलो देशका नेता, राष्ट्रप्रमुख मात्र होइनन् । अझ कतिपय बुद्धिमान राजनीतिक व्यक्तिहरुले त “सबैभन्दा ओजपूर्ण जवाफ नै मौनता वा प्रत्युत्तर नफर्काउनु हो” भन्ने आफ्नो गुप्त दृढ नीति वा स्वभाव बनाएका देखिन्छन् । (अझै आशा, भरोसा र विश्वास गरौँ, नेपालका शासनसत्ता नियन्ता बनेका मात्र नभइ, सडकमा आमजनताको प्रतिनिधिको रुपमा मञ्चमा उभिने वक्ता नेताहरुले भोली जनताबाट गाली नपाउने गरी, गहन जिम्मेदारी वहन गर्दै बोल्ने बानीको विकास गर्ने अभ्यास गर्नेछन् ।)

यसै सन्दर्भमा प्रधानमन्त्रीको आसनमा पदासीन के.पी. ओलीलार्ई विश्वमा को को कहिले कहिले “राष्ट्रघाती” सावित भए, गरिए, उनीहरुले के कस्तो नियति भोग्नुप¥यो, भोगाइप¥यो, हेक्का गराउन, त्यस्ता “सत्ता र शक्तिको लागि राष्ट्रघात गर्ने” देशद्रोहीहरुको नाम र कामका बारे उल्लेख गरौँ–

विभीषण

उहिलेको पौराणिक कालखण्डमा उल्लेख भए अनुसार लङ्काधिपति रावणका भाइ विभीषणले दाजु रावणसँगको वैरविद्वेष वैमस्यका कारण दाजुलार्ई छोडी अयोध्याका तत्कालीन राजकुमार रामलाई साथ दिन गएको, रामले रावणको हत्या गरी फर्केपछि रामको अनुकम्पाबाट लङ्काको राजाबनेका विभिषिणलार्ई कतिपयले” एउटा “बन्धु घाती, र देशद्रोही” मान्ने गर्छन् ।

एथेन्स्

ई.पू. ४५०–४०४ तिरका एथेन्सका “अल्की वियादिजे”लार्ई पनि एथेन्सको इतिहासकारले देशद्रोही मान्ने गरेको पढेको थिए ।

जयचन्द

भारतको कन्नौज राज्यका एक वलशाली राजा जयचन्द थिए । त्यस बेला दिल्लीको अधिपतिमानिएका सम्राट पृथ्वीराज चौहानले ती आफ्ना प्रभाव र छायामा बसेका सबै राजाहरुलार्ई साथ लिएर अफगान तिरबाट भारतमा पसेका लुटाहाहरुका सरदार शहाबुद्धीनलार्ई नराम्ररी हराएर भगाएका थिए । तिनै पृथ्वीराज चौहानले सन् ११८६ तिर कन्नौजका राजा जय चन्द्र की छोरी अपहरण गरी लगेर पत्नी बनाएका थिए । त्यसरी छोरी अपहरण गरेको रीस र आव्रmोशमा दिल्ली माथि आव्रmमण गर्न अफगानीस्तानबाट दोस्रोपटक आएका शहावुद्धीनलार्ई जयचन्दले साथदिए । पछि त्यहीबाट भारतमा मुगलहरुको झण्डै दुुईसय वर्षे शासन शुरु भयो । त्यसैले इतिहासमा भारतका “गद्दार राजा” र “देशद्रोही”को रुपमा जयचन्दलार्ई हेर्ने गरिएको छ ।

मीरजाफर

सन् १७५७ तिरका वंगालका नवाव “सिराजुु ददौला”का मन्त्री (बजीर) जाफरले भारतमा अंग्रेजी उपनिवेश र आधिपत्य स्थापित गर्न आएका जनरल क्लाईवलार्ई गुप्तसहयोग गरी आफ्नो देश भारतमा अंग्रेजी उपनिवेश र आधिपत्य स्थापित गर्न ठूलो सहयोग पुु¥याएका थिए । त्यसबाट निज भीर जाफरले क्लाईबाट निकै ठूलो धनराशी हात पारेको थिए भनेर भारतीयहरुले मीरजाफरलार्ई देशद्रोही (टाइटर) भन्ने गर्छन् ।

क्विजलिङ् विदकुन

नर्वेको फाइरिसइलका जन्नेहुुर्केर सैन्य सेवामा प्रवेशगरी सन् १९३१ मा नर्वेको रक्षामन्त्री बनेका, अति ठूलो महत्वकांक्षी विदकुनले सन् १९३९ मा शुरुभएको दोस्रो विश्वयुद्धमा एडोल्फ हिट्लरलार्ई साथमा मात्र दिएको होइन ।सेमलिङ् पार्टीको नेतृत्वगरी नर्वेको संसद (स्टारटिङ्ग) मा एउटा पनि जित्न नसकेपनि १९४० मा हिटलरलार्ई नर्वेमाथि आव्रmमण लगाएर एलोल्फ

हिटलरको कृपाबाट (१९४० मा) नर्वेको परम शक्तिशाली प्रधानमन्त्री वन्न सफल भए । तर हिटलरको पराजय र पतनपछि नर्वेमा पनि क्विजलिङ् विरुद्ध (नर्वेमा) ठूलो जनविद्रोह भयो । अन्ततोगत्वा सन् १९४५ मा “राष्ट्रदोही, देशद्रोही” ठह¥याई नर्वेको अदालतले उसलार्ई मृत्युदण्ड दिने फैसला ग¥यो । १४ अक्टोबर १९४५ मा अकेर्शुस्को किलामा गोली हानी मृत्युदण्ड दिइयो ।

लेण्डूूप दोर्जी

नेपालकै छिमेकी सानो स्वतन्त्र हिमालीकाखमा बसेको अधिराज्य सिक्किमका राजा पाल्टेन थोण्डूूप छोग्यालको पूर्खादेखिका हजूूरिया (काजी) लेण्डुप दोर्जीले सन् १९५० को दशकदेखि नै छिमेकी शक्तिशाली भारतमा सिक्किमलार्ई विलय गराउन जसरी गुप्त योजना बनाए, त्यसै अनुसार नेपालीभाषी नरबहादुर खतिवडा, रामचन्द्र पौडेल लगायतलार्ई सन् १९६६–२०७०देखि इन्दिरागान्धीसँग सांठगाठ गर्न पठाए । अन्ततोगत्वा तिनै नेपालीभाषी नेताहरुको काँधमा बन्दुक राखेर सिक्किमको स्वतन्त्र अस्तित्व, अस्मिाता, सदाको लागि समाप्त पारि दिए । सन् १९७५ मा भारतका अन्यराज्यको अनुसूचीमा गै समाविष्ट गराए । त्यसपछि सिक्कीमको मुख्य मन्त्री भए पनि तर मर्ने बेलामा आफैंले “म एउटा देशद्रोही हुँ” भनेर रुँदै भनेका थिए ।

नेपालकै सन्दर्भमा भन्ने हो हेर्ने हो भने सन् १८१५–१६ तिर सुगौली सन्धी गर्न गएका गजराज मिश्र, चन्द्रशेखर उपाध्यायले नेपालको हितलार्ई भन्दा अंग्रेजी साम्राजवादीकै हित हुने गरी सन्धी गर्न गराउन “सफल” भएवापत मुजफरपुुर नगरको नजीक सिंघानीतिर झण्डै हजारौं विधाको जमीन अंग्रेजबाट वकसपाएकालिएका थिए ।

नेपालका राणाहरु

स्वतन्त्र सार्वभौम मुलूक नेपालका सेना लिएर भारतीय स्वतन्त्रता आन्दोलनको दमनमा अंग्रेजलार्ई साथदिन जाने धीरशमशेरदेखि भारतबाट वेलाईती झण्डा बोकेर जानुपहिले अंग्रेज सरकार (गभर्नर)ले भारत विभाजित गरेर जाँदा नेपाललार्ई वंगालको खाडी सम्मको भूू–भाग लिनू, हामी दिएर जान्छौं” भनेर भन्दा जुद्ध शमशेर र मोहन शमशेरले” हामीलार्ई अहिलेको (सुुगौली सन्धी पछि कायम भएको) सीमा भित्रकै भूू–भाग माथि आफ्नो हुकूमत कायम गर्न मुुस्कील परिरहेको छ, थप त्यत्रो भूू–भाग लिएर कसरी राजकायम गर्न सक्छौ ?, भो चाहिएन “भनेर जुन जवाफ दिए (पुरुषोत्तम शमशेरको श्री ३ हरुको इति वृत्तान्त) त्यसका आधारमा राणाहरु पनि देशघाती, राष्ट्रद्रोही थिए भन्नै पर्छ ।

जेहोस् हाम्रा आजका मात्र होइनन् भोली कोही पनि माथि उल्लेख भए गरिए जस्ता देशद्रोही, राष्ट्रघाती नवनून् । प्र.म.ओलीले त्यतातिर ध्यानदिए हेक्का राखि एपीएस, एम्सीसीमा राष्ट्रघात नगरीदिए पुुग्ला, अरुलार्ई “देशद्रोही” “राष्ट्रघाती” भन्दाभन्दै कतै भोलीको पुस्ताले आफैलार्ई त्यही कित्तामा उभ्याएर भित्तामा देशद्रोही राष्ट्रघाती नं. १” भनेर टाँस्न नपुु¥याओस्, भन्ने हेक्का राखेर र उट्पट्याङ र हावादारिका कुरा गर्नमा लगाम लगाई दिए पुुग्छ । चेतना भया !

२०७७ फागुन ४ गतेको युगसम्वाद साप्ताहिकबाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

वरिष्ठ नेता रामचन्द्र पौडेल

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More