भ्रमणवर्ष शुभारम्भ भव्य बनाउन दूताबास र एनआरएनएबीच छलफल

16 November, 2019 14:49 |जापान | comments | 9900 Views

    नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को शुभारम्भलाई भव्य बनाउने निर्णय अनुसार जापानस्थित नेपाली दूताबास र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका प्रतिनिधिबीच छलफल भएको छ ।

    राजदूत प्रतिभा राणाको अध्यक्षतामा दूताबासको आव्हानमा नोभेम्बर १४ मा भएको बैठकमा नेपाल सरकारको २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय बारेमा केन्द्रित रहेको थियो ।

    adsads

    बैठकमा भ्रमण वर्ष अवधिभर शृखंलाबद्ध रुपमा पर्यटन प्रवर्धनात्मक कार्यक्रमहरु आयोजना गर्ने र सोका लागि राजदूत राणाको संयोजकत्वमा एनआरएनए जापानको कार्यसमिति, जापानबाट एनआरएनए आइसीसीका पदाधिकारी तथा सदस्य, एनआरएनए जापानको क्षेत्रीय समितिका संयोजक, संघ संस्थाका प्रमुख, राजनैतिक दलका भातृ संगठन प्रमुख, पत्रकार महासंघ जापान, बुद्धिजीवी, जापानस्थित एभरेस्ट नेपाली स्कुलका प्रतिनिधि, पर्यटन व्यवसायसंग सम्बन्धित ब्यतित्त्व सदस्य रहने गरी एक मूल आयोजक समिति गठन गर्ने निर्णय भयो ।

    उक्त समिति गठनका लागि एनआरएनए जापानले अन्य सम्बन्धित सबैसंग समन्वय गर्ने, विभिन्न कार्यक्रमहरुको तयारी लगायत दूतावास र एनआरएनए एकआपसमा निरन्तर सम्पर्कमा रहने निर्णय समेत गरिएको छ ।

    भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको निर्णय तथा परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम नेपाली कुटनैतिक नियोगहरुले नियोग रहेको मुलुकमा भ्रमण वर्षको शुभारम्भ कार्येक्रम आयोजना गर्ने निर्णय अनुसार यही आउँदो जनवरी ०७, २०२० मा भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमको आयोजना गर्ने तालिका छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More