भ्रमण वर्षलाई क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने

8 December, 2019 11:14 | कर्पोरेट/पर्यटन | comments | 25500 Views

क्रिस्टोफर फाउण्डेशन नामक संस्थाले भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने भएको छ । फाउण्डेशनद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष क्रिस्टोफर नोयलले भ्रमण वर्षमा नेपालमा २० लाख पर्यटक भित्र्उाउन सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय क्षेत्रमा मिडिया रिलेशनसीपमा सो संस्था स्थापना भएको हो । संस्थाका अध्यक्ष नोयल अमेरिकन लेखक तथा पत्रकार हुनुहुन्छ ।

  

सो अवसरमा उहाँले आफूले नेपालका प्राकृतिक सुन्दरता, हिमालको अध्ययन तथा अनुसन्धान गरेको अनुभव सुनाउँदै नेपाल भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अगामी दिनमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्छ । हिमालका बारेमा थप प्रचारप्रसारको खाँचो रहेको छ ।”

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More