योगेश भट्टराईयोगेश भट्टराई

  • योगेश भट्टराई
  • योगेश भट्टराई
  • योगेश भट्टराई
  • योगेश भट्टराई
  • योगेश भट्टराई
  • योगेश भट्टराई

‘भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक’ : मन्त्री भट्टराई

14 September, 2019 19:10 |कर्पोरेट/पर्यटन | comments | 3900 Views

    योगेश भट्टराई

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा शनिबार कैलालीमा आयोजित स्वागत कार्यक्रममा उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    adsads

    उहाँले छिमेकी मुलुक भारतसहितका देशमा पर्यटकीय गन्तब्यको प्रचारप्रसार गरी भ्रमण वर्षमा बाह्य पर्यटक नेपालमा भित्र्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । मन्त्री भट्टराईले हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा-एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको बताउनुभयो ।

    उहाँले भ्रमण वर्षलाई लक्षित गरी सबै प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा समिति गठन गरी काम अघि बढिरहेको जानकारी गराउनुभयो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बन्द रहेका विमानस्थल सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन गरी पछिल्लो अवस्थाबारे जानकारी दिन निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।

    उहाँले सुदूरपश्चिममा पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना मन्त्रालयमा पेश गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । यसैबीच टीकापुर नगरपालिका– ७ ढुङ्गाना टोलमा आजदेखि शुरु हुने डल्फिन महोत्सवको उहाँले उद्घाटन गर्नुहुने बताइएको छ ।

    नेपाल भ्रमण वर्ष सफल बनाउन व्यस्त पाँचपोखरी

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    योगेश भट्टराई

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!