भ्रमण वर्ष २०२० सफल बनाउन सचिवालय गठन- प्रचार प्रसार तीब्र

8 December, 2019 15:48 | जापान | comments | 64950 Views

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा सचिवालय गठन गरिएको छ । सरकारको घोषित कार्यक्रम अनुसार भ्रमण वर्षको उदघाटन र यसको प्रचार प्रसारका लागि नेपाली दूताबास टोकियोमा राजदूत प्रतिभा राणको संयोजकत्वमा मुल आयोजक समिति र उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको संयोजकत्वमा ७ सदस्यीय सचिवालयको गठन गरिएको छ ।

गठित सचिवालयका सदस्यसचिवमा एनआरएनए जापानका महासचिव जनक बिक्रम शाही तथा सदस्यहरुमा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, सल्लाहकार तथा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सल्लाहकार तथा कास्की पोखरा समाजका अध्यक्ष विकास श्रेष्ष्ठ र एनआरएनए यसिया प्यासिफिक युवा संयोजक दिपक कँडेललाई चयन गरिएको छ ।

  

भ्रमण वर्षको प्रवर्दनको लागी जापान स्थित नेपाली राजदूतावासको कार्यालयमा मंगलबार राजदूत प्रतिभा राणाको अध्यक्षतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान, पत्रकार महासंघ, जापानस्थित विभिन्न संघ संस्था प्रमुख र बुद्धिजिवीको उपस्थितिमा बैठक बसी आवश्यक तयारी तीब्र पारिएको हो ।

आयोजक समिति र सचिवालय भ्रमण वर्षको प्रचार प्रसारमा जुटिसकेको छ भने विभिन्न संघसंस्थाहरुले आफ्नै किसिमले भ्रमण वर्ष सफल बनाउन कार्यक्रमहरु तय गरेका छन् । भ्रमण वर्ष प्रवर्दन गर्ने निणर्य अनुसार जनवरी ७ मा जापानमा पनी यसको उद्दघाटन राजदूत निवासको सभाहलमा गर्ने जसको लागी सक्दो जापानीज पाहुनाहरुलाई निम्तो गर्ने, जापानमा आफ्नो व्यक्तिगत सवारी साधान हुनेहरुले भ्रमण वर्षको स्टिकर आफ्नो साधनमा टासेर प्रचार प्रसारमा सहयोग गर्ने निर्णय समेत गरिएको छ ।

त्यस्तै, सम्भव भएसम्म जापानको टोक्योस्थित रहेका नेपाली रेस्टुरेन्ट व्यवसायीहरुले आफ्नो रेस्टुरेन्टमा हप्तामा एक दुई दिन सबै स्टाफलाई भ्रमण वर्षको टी-सर्ट लगाउन लगाउने र नेपालको पर्यटन सम्बन्धी जानकारी मुलक भिजियुल सामाग्रीहरु रेस्टुरेन्टको टिभीबाट प्रसारण गर्ने, जापानमा हुने हरेक संघ संस्थाका कार्यक्रममा भ्रमण वर्षको लोगो लगायत भ्रमण वर्ष सम्बन्धि छोटो प्रचार प्रसार गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकले भ्रमण वर्ष उदघाटनको दिनको लागी नेपाली सांस्कृतिक कार्यक्रम, नेपाली परिकारहरुको व्यवस्था गर्ने निर्णय गरेको छ । मूल आयोजक समितिमा क्रमशः अन्य संघ संस्था प्रमुख, बुद्धिजीवि, विद्यार्थी, ब्यावसायीहरुलाई समेट्दै प्रचार प्रसारमा लाग्ने निर्णय गरिएको एनआरएनए जापानका महासचिव जनकविक्रम साहीले जानकारी गराउनु भयो ।

यसै क्रममा फुकुओकामा बसोबास गर्ने नेपालीहरुको सक्रियतामा भ्रमण बर्षलाई लक्षित गर्दै नेपाली र जापनिज नागरीकहरुको संयुक्त अभिनय रहने गरी तोनारीनो मासाला (छिमेकीको मसला) नामक ड्रामा तयारीमा जुटेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More