भ्रष्टाचार अन्त्यको लागि कर्मचारीतन्त्रमा सुधार जरुरी : मुख्यमन्त्री गुरुङ
रामजी प्रसाद लम्साल, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र भ्रष्टाचार अन्त्यका लागि कर्मचारीतन्त्रमा सुधारको आवश्यकता औंल्याउनुभएको छ । राजनीतिक व्यवस्था बदलिएपछि अब नेपालमा कर्मचारीतन्त्र र प्रहरी तथा सेनामा समेत व्यापक सुधारको खाँचो रहेको उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघले नेपाल स्थित अमेरिकी दुतावाससँगको सहकार्यमा मंगलबारबाट पोखरामा सुरु गरेको स्थानीय सरकारका पदाधिकारीका लागि सुशासनसम्बन्धि तीनदिने तालिममा मुख्यमन्त्री गुरुङले सो धारणा राख्नुभएको हो ।
त्यस क्रममा गुरुङले गएको आर्थिक वर्षमा स्थानीय तह र प्रदेशहरुले ५० प्रतिशत हाराहारी बजेट पनि खर्च गर्न नसकेको भन्दै त्यही खर्चमा समेत पारदर्शिता नहुँदा अख्तियारबाट प्रश्न उठाउँदै ६१ बुँदे सचेत पत्र प्राप्त भएको स्मरण गराउनुभयो । स्थानीय तहमा अनुगमन र आवधिक योजनाको अभाव भएको भनाई उहाँको थियो । स्थानीय तहमा सशक्तिकरण र सो सम्बन्धी तालिमको आबश्यकता रहेको मुख्यमन्त्री गुरुङको भनाई थियो ।
अमेरिकी दुतावासकी सूचना अधिकारी एवं प्रवक्ता एण्डी डी अर्मेन्टले नेपालका अन्य प्रदेशमा दूतावासले नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सुशासन सम्बन्धि तालिम आयोजना गरेको र पोखराको तालिम यो पटकलाइ अन्तिम भएको जानकारी दिनुभयो । यो तालिम खासमा दुतावासकोभन्दा पनि निजी महासंघकै तालिम हो भन्दै उहाँले अमेरिकाले यस विषयमा सहकार्य मात्र गरेको स्पष्ट पार्दै स्थानीय तहहरुबाट यससम्बन्धी तालिमको माग र आबश्कता महशुस भएपछि दुतावासले तालिम प्रदान गरेको बताउनुभयो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव वहादुर कोइरालाले अमेरिकी दुतावास र उपस्थित सबैप्रति धन्यवाद प्रकट गर्नुभयो भने नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणिधर खतिवडाले राजनीति सफा नभई देशमा सुशासनको कल्पना गर्न नसकिने भन्दै पारदर्शिता र जवाफदेहिता जस्ता विषय पनि सुशासनका लागि उत्तिकै जरुरी पर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले स्थानीय निकाय दुई दशक खालि रहँदा पछि स्थानीय तह बनेपछिको अवस्थाको समिक्षा तालिममा हुने विश्वास व्यक्त गर्दै सुशासनले मात्र देशमा समृद्धि आउने बताउनुभयो ।
गण्डकी प्रदेश अन्तर्गतका स्थानीय तहका २० पदाधिकारीको सहभागिता रहेको छ तालिम उदघाटन कार्यक्रमको संचालन नेपाल उद्योग वाणिज्य कार्यक्रमको संचालन संघका महासचिव अर्जुन पोखरेलले गर्नुभएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- ट्रकको ठक्करबाट बालिकाको मृत्युपछि प्रहरी र विद्यार्थीबीच झडप डिएसपीसहित नौ प्रहरी घाइते
- सार्क स्थापनाको पैँतीस वर्ष : सधैं भारत पाक तनावको शिकार
- जब जिम्मेवारहरु नै बेचबिखनमा सक्रिय हुन्छन् भने…
- भ्रमण वर्ष २०२० सफल बनाउन सचिवालय गठन- प्रचार प्रसार तीब्र
- प्रमोदको कोचिङमा ‘द भ्वाइस अफ नेपाल’- २ को उपाधि राम लिम्बुलाई
- थलीमा स्थानीयबासी उत्रिए सडकमा : टायर बालेर बिरोध
- चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर
- अवैध मेडिकल र झोले डाक्टरका कारण दुई महिनामा पाँचजनाको ज्यान गयो
- हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा
- भ्रमण वर्षलाई क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने
- आजको राशिफल– २०७६ मंसिर २२ गते आइतबार
- भरतपोखरीमा ‘अक्षयधाम अभिभावक आश्रम’
- “अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने”
- केही घण्टामै भुटानले खोस्यो नेपालको शीर्षस्थान
- सडकको कथा- आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…
- कृषिमा आधुनिक प्रविधि र अभियान
- सरकारले पार्टी चलाउनै पाउँदैन- चलाउन खोजेर पनि चल्दैन : नेता गौतम
- साफ क्रिकेटमा स्वर्ण जित्ने नेपालको सम्भावना सकियो
- त्रिविको सह्रानीय कदम : विद्यार्थीको उपचारका लागि एक लाख दिने
- काष्ठकलामा निपूर्ण लोपोन्मुख जाति राउटे
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


