भ्रष्टाचार देश विकासको लागि प्रमुख बाधक : नेता पौडेल

16 June, 2019 00:28 |राजनीति | comments | 13500 Views

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार देश विकासका लागि प्रमुख बाधक भएको बताउनुभएको छ ।

    शैलजा आचार्य आदर्श समाज कास्कीद्वारा शनिबार आयोजित भ्रष्टाचारविरुद्धको नागरिक अभियान कार्यक्रममा उहाँले भ्रष्टाचारको अन्त्यविना विकास सम्भव नभएको विचार व्यक्त गर्नुभयो ।

    adsads

    भ्रष्टाचारका कारण राजनीतिप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै उहाँले केही नेताका कारण राजनीति गर्ने नेताप्रति पनि जनताको असन्तुष्टि बढेको धारणा राख्नुभयो । पूर्वसभामुख तारानाथ रानाभाटले भ्रष्टाचारी जोसुकै भए पनि छाड्न नहुने बताउँदै पछिल्लो समयमा भ्रष्टाचार दिनानुदिन मौलाउँदै गएको छ भन्नुभयो ।

    शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले भ्रष्टाचारकै कारण धनी र गरीबबीचको खाडल बढ्दै गएको बताउँदै यसको न्यूनीकरणमा जनता नै सजग बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    अग्नि सापकोटाको प्रश्न- भ्रष्टाचार नियन्त्रण किन हुन सकेन ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!