भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादबिरुद्ध राष्ट्रवादी शक्तिको एकता आवश्यक

8 April, 2021 01:06 | राजनीति | comments | 7650 Views

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ ।

राप्रपा मकवानपुरद्वारा बुधबार हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सवद्र्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणका निम्ति अबको विकल्प भनेकै राप्रपा भएको दाबी गर्नुभयो ।

  

उहाँले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नहुने बताउनुभयो । प्रमुख दलले सत्ता र शक्तिको निमित्त मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको उहाँको भनाइ थियो ।

प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित वडा तहदेखि जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको राप्रपा जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More