भ्रष्टाचार र माफियातन्त्रबिरुद्धको संघर्ष

28 March, 2015 10:50 |मुख्य समाचार , सम्पादकीय | comments | 63150 Views

    Dr. KC Strikeशिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. विगत ७ दिन देखि आमरण अनसनमा हुनुहुन्छ । चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त संरक्षित भ्रष्टाचारको विरुद्ध उठाएको आवाजले यतिखेर सिंगो देशलाई कम्पित बनाएको छ ।

    adsads

    यसअघिकै जस्तो अनशनप्रति समर्थन बढ्दैछ । डा. के.सी.ले राजनीतिक हस्तक्षेप र भागबण्डाको अपसंस्कृतिले नेपालको चिकित्सा क्षेत्रलाई कतिसम्म भ्रष्टाचारको दलदलमा फसाएको छ भन्ने कुरालाई अननकै माध्यमबाट सतहमा ल्याउन सफल हुनुभएको छ । यसका लागि उहाँले जीवनको बाजि थापेर सुरू गर्नुभएको आमरण अनसनले समग्र चिकित्सा क्षेत्रलाई मात्र आन्दोलित बनाएको छैन उहाँको यो एक्लो अभियानले आम समर्थन पाएको छ र भ्रष्टाचारविरुद्धको आवाज जताततै घन्किएको छ ।

    राजनीतिक संरक्षण र भागबण्डामा मौलाएको भ्रष्टाचारले आज देशको हर क्षेत्रलाई नराम्रोसंग गाँजेको छ । देशलाई आवश्यक पर्ने उच्च प्रशिक्षित जनशक्ति उत्पादन गर्ने उच्च प्राज्ञिक निकायका रुपमा स्थापित त्रिभुवन विश्वविद्यालयदेखि लिएर अरु विश्वविद्यालयसम्म राजनीतिक भागबण्डाका आधारमा हुनेगरेको उच्च पदाधिकारी एवं अन्य पदाधिकारीको नियुक्तिले सिर्जना गरेको भ्रष्टाचारको जालो अहिले उदांग भएको छ । डा। के।सी।को यो अनशनले मेडिकल कलेजहरूको स्वीकृति दिने क्रममा हुने गरेको ठूलो आर्थिक भ्रष्टाचारको अन्तर्कथालाई उजागर गरेर नांगो रुपमा बाहिर ल्याइदिएको छ ।

    जुन बेलादेखि चिकित्सा क्षेत्रमा निजी क्षेत्रको लगानीको ढोका खुल्यो त्यही बेलादेखि नै स्वीकृति र अनुबन्धनका नाममा ठूलो आर्थिक लेनदेनको चर्चाक्रम सुरु भएको हो । मुलुकमा चिकित्सा क्षेत्रमा पर्याप्त जनशक्ति नभएको र सरकारले पनि वाञ्छित मात्रामा लगानी गर्ने क्षमता विकसित नगरेको पृष्ठभूमिमा अपेक्षित जनशक्तिको आवश्यकता हेरेर चिकित्सा शास्त्रको पढाइका लागि निजी क्षेत्रको लगानी आकर्षित गर्नु अपरिहार्य जस्तै थियो । तर यस क्षेत्रमा लगानीको होडबाजीले अधिक मुनाफाखोरीको चर्को व्यापारको रुप लियो ।

    नीति निर्णय गर्ने हैसियतमा रहेका सरकारका प्रतिनिधि, राजनीतिक भागबण्डामा नियुक्त हुने विश्वविद्यालयका उच्च पदाधिकारी वर्ग र मेडिकल काउन्सिलका पदाधिकारीहरू आर्थिक प्रलोभनको चपेटामा नराम्रोसंग परे । चिकित्सा शिक्षा भाउ बढाबढ र चर्को मोलमोलाइको फन्दामा पर्नपुग्यो । अति भएपछि डा। गोविन्द के।सी। जस्ता निष्ठावान, त्यागी र निस्वार्थ व्यक्तिको उत्सर्गपूर्ण अभियानले यी सवै विकृतिलाई आम जनताले बुझ्ने गरी सतहमा ल्याइदिएको छ । डा. के.सी.को आमरण अनसन बेथिति र भ्रष्टाचारविरुद्धको सशक्त आवाज हो । यो आवाज दवाउन अहिले ठूलो शक्ति लागेको छ र पनि निस्वार्थ संघर्षको नैतिक बलका सामु नैतिक हरामहरूको जमात किंकर्तव्यविमुढको अवस्थामा पुगेको छ ।

    राजनीतिक हस्तक्षेप र भागबण्डाको बिगबिगीले राज्यसंयन्त्रका यावत अंगहरू जवाफदेहिताविहिन, अकर्मण्य र भ्रष्टाचारका अखडा बन्दैगएका छन् । आदर्शमुखी विचार, सेवाप्रद संस्कार, सदाचारी व्यवहार र कार्यतत्पर प्रवृत्ति राज्यका संयन्त्रहरूबाट पूरै पलायन भएको छ । उच्च प्राज्ञिक निकायको नेतृत्व चयनसमेत राजनीतिक चाकरी–चालुसी र भागबण्डाका आधारमा गर्ने–गरिने मूल्यमान्यता स्खलित परम्परा बसेकाले मुलुक दुर्दान्त नियतिको शिकार बन्दैगएको छ । डा. के.सी.को अनसनले यस्ता विकृतिलाई उजागर गरेर नैतिक मूल्य–मान्यता र आदर्श विचारको अनुशरणका लागि त्याग र समर्पणको ढोका खोलिदिएको छ ।

    डा. के.सी.को उच्च नैतिक आचरणले नै उहाँलाई भ्रष्टचार र अनियमिता बिरुद्ध आन्दोलन गर्ने बल दिएको हो । वर्तमान परिवेशमा भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न नै नसकिने अवस्थाको सिर्जना भागबण्डाको राजनीतिक कुसंस्कारले नै गराएको हो । डा. के.सी.ले सुसभ्य, सुसंस्कृत र उत्कृष्ट चिकित्सकीय शैक्षिक संस्था निर्माणको धेय राखेर चाल्नुभएको कदम जति जोखिमपूर्ण थियो त्यतिकै निष्ठापूर्ण पनि छ । एक न एक दिन त अनशन तोडाउन सरकार बाध्य हुनेछ नै तर यसअघिको सहमति उल्लंघन भएजस्तै अब फेरि अनशन बस्नुनपर्ने गरी कार्यान्वयन होला कि नहाला ? यो भने जीवन्त प्रश्न हो ।

    किनभने डा. के.सी.ले उठाएका मुद्दाहरू इमान्दारिपूर्वक सम्बोधन हुनसके माफियातन्त्रको पराजयको क्रम यहीँबाट सुरुहुने छ । होइन हरेक क्षेत्रमा पदाधिकारी नियुक्तिको भागबण्डा भैरहने र आर्थिक भ्रष्टाचार यसरी नै मौलाइरहने हो भने त्यसले चिकित्सा शिक्षा क्षेत्रलाई मात्रै होइन सिंगो देशलाई थप बर्वादीतिर घचेटिरहने छ । उहाँको अनसन तोडिए पनि मूल मुद्दाहरू यथास्थानमै छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More