मंसिर १४ गते उपनिर्वाचन- साउन १६ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने
सरकारले मुलुकका विभिन्न ३७ जिल्लामा ५० पदका लागि मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचनको मिति २०७६ मङ्सिर १४ गते तोक्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले रिक्त स्थानमा मङ्सिर १४ गते मिति तोक्न यही १७ गते सरकारलाई सिफारिस गरेको थियो । आयोगले जनाएको छ । उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ ।
उपनिर्वाचनमा यही साउन १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका व्यक्ति मात्र योग्य मतदाता हुने छन् । निर्वाचन आयोगको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त पदहरूमा मङ्सिर १४ गते उपनिर्वाचनको मिति तोकिएको छ ।
कास्की-२ मा विद्या भट्टराईलाई नै उम्मेदवार बनाउनुपर्ने गौतमको अडान
उपनिर्वाचन प्रयोजनका लागि आयोगले उपनिर्वाचनको मिति तोकिएको दिन (यही साउन १६ गते) सम्ममा नाम दर्ता भई सोही मितिसम्म १८ वर्ष उमेर पूरा भएका मतदातालाई उमेर अठार वर्ष पूरा भएको मिति तोकेको छ ।
साथै आयोगको साउन १७ गतेको बैठकबाट उपनिर्वाचन हुने जिल्लामा मतदाता नामावली ऐनअनुसार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता दर्ता कार्यलाई अर्को निर्णय नभएसम्मका लागि साउन १७ गतेदेखि रोकिएको छ ।
साउन १६ गतेसम्म सङ्कलन भएका मतदाताको विवरण अद्यावधिक गरी उपनिर्वाचन प्रयोजनका लागि आयोगमा पठाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको आयोगका सहसचिव एवं प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- बाबुको कुटाइबाट छोरा जोगाउँदा आमाको भयो गम्भीर अवस्था
- ७७ किलोमिटर द्रुतमार्गमा ३८ हजार रुखमध्ये २७ हजार काटियो
- अमेरिकाले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता गर्ने
- नेपाल विशेष सेवाको गठन भए मौलिक हक हनन् हुने
- कस्तो नेतृत्व चाहन्छन मन्त्री भट्टराई थापा र मिश्र ?
- दुई कलाकारको निधन : प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
- ह्वाइटहाउस अगाडि नेपालीले लगाए नारा ‘गो ब्याक इण्डिया’
- जनकपुरमा बम, रातभर प्रहरीलाई तनाव
- देशभर चिसो बढ्यो, जुम्लामा माइनस ७, काठमाडौंको ६ डिग्री
- भयावह बन्दै सडक यातायात- एक महिनामा दुई सय ३० जनाको मृत्यु
- प्रतिष्ठान र प्रदेश अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
- एनसेलको कर छुट खरीदमा अर्बौं रकम अप्रत्यासित वृद्धि
- सिनओकुबोमा खुल्यो जेएमईको नयाँ शाखा
- आजको राशिफल– २०७६ मंसिर ३० गते सोमबार
- रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई
- सडक यात्रामा नागरिक जीवनको रक्षा गर्नुपर्ने सरकार कहाँ छ ?
- निजगढ अन्तरराष्ट्रिय विमानस्थल चाँडो सम्पन्न गर्न माग
- खाद्या पदार्थमा अखाद्य वस्तु मिसाउने आठ उद्योगमाथि कारवाही
- कांग्रेस महाधिवेशन बहस : पार्टी सुदृढिकरणका लागि कि नेतृत्व हत्याउन
- ‘भारतको हेपाहा नीतिविरुद्ध नेपाली जनता एक हुनुपर्छ’
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


