मकवानपुरका दुई चेपांग विद्यार्थीलाई केन्द्रमा आश्रय

5 November, 2014 18:40 | जन सरोकार , मध्यमाञ्चल | comments | 40050 Views

पुर्वि चितवनको रत्ननगर १० मा रहेको गामबेसीको चेपाब संरक्षण केन्द्रमा बुधवार मकवानपुरका दुई चेपांग विद्यार्थीलाई आश्रय दिइएको छ ।

chepang (new children)

गत कात्र्तिक १५ गते कान्तिपुर दैनिकमा चेपांग बालबालिकाले गरिविका कारण पढ्न र चाडपर्व मान्न समेत नपाएको भन्दै समाचार प्रकाशित भएको थाहा पाई चेपांग संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा मकवानपुरको विकट काकंडा गाविस १ योमकचार गाँउमै पुगी जितमानका ४ छोरा मध्ये ८ वर्षका राम बहादुर र ९ वर्षीय सत्यता चेपांगलाई उद्धार गरि केन्द्रमा ल्याएका हुन ।

  

उद्धार गरिएका दुबै जनालाई आज स्थानिय पञ्चतेजज्योति राष्टिय प्राथमिक विद्यालयको कक्षा १ मा भर्ना गरिएको केन्द्रका अध्यक्ष शर्माले बताउनु भयो। सो केन्द्रमा यस अगाडी पनि विकट पहाडी बस्तिका विपन्न एव असाहाय ७२ जना चेपांग वालवालिका आवासीय रुपमा आश्रय लिई नजिकैको विद्यालयमा अध्ययन गरिरहेका छन ।

विकटका विपन्न चेपांग वालवालिकाले पढ्न नपाईरहेको अवस्थामा यस्ता विद्यार्थीहरुको भविष्य उज्वल वनाउन सघाउने कार्य साह्रै नै प्रसंसनिय भएको पञ्चतेजज्योति राष्टिय प्राथमिक विद्यालयका प्रधानाध्यापक राम बहादुर मगरले बताउनु भयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More