मकै तथा धान बाली किराले नष्ट,किसान चिन्तित

17 June, 2015 14:18 | जन सरोकार , वातावरण /स्वास्थ्य | comments | 47550 Views

अछाम जिल्लाका अधकिांस गाविसमा लगाईएको मकै तथा धान बाली किराले नष्ट गरेको छ । भर्खर छरेर उम्रिएका मकै तथा धानको रोपाईका लागि बिउँ राखेको अवस्थामा किराले काटेर नष्ट गरेको स्थानीय किसानले बताएका छन् । किसानले छरेको मकै किराले काटेर नष्ट गर्ने गरेको र एक महिना देखि स्थानीय किसानले यो समस्या भोग्दै आएका र दुई पटक मकै छरिसकेको मंगलसेन नगरपालिका ६ का कृषक राम प्रसाद भण्डारीले बताउनु भयो । मकै छर्ने र धानको बिउँ समेत दुई दुई पटक राख्दा समेत किराले काट्न नछाडे पछि स्थानीयबासी हैरान बनेका छन् । समस्याबारे जिल्ला कृषि विकास कार्यालयलाई जानकारी गराउँदा समेत प्राविधिक गएर नहेरेको स्थानीयको गुनासो छ ।

किसानले मकैको नमुना सहित जिल्ला कृषि विकास कार्यालयमा जानकारी गराउँदा समेत कार्यालयले नहेरेको किसानले गुनासो गरेका छन् । यता जिल्ला कृषि विकास कार्यालयले भने प्राविधिकको टोली त्यस तर्फ पठाईसकेको बताएको छ । किसानलाई समस्या भएको थाहा पाएपछि २ जनाको प्राविधिकको टोली त्यसतर्फ पठाएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख डम्बर भाटले बताउनु भयो । यो फेदकटुवा समस्या भएको र किराले मकैको माटो मुनिको भाग काट्ने गरेको तथा मकै मर्ने गरेको प्राविधिकको भनाई छ ।

प्रकाश भण्डारी ,अछाम

  

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More