मच्छिन्द्र बन्यो ए डिभिजन लिग च्याम्पियन, आत्मघाती गोलले आर्मी चुक्यो

15 February, 2020 19:45 | खेल | comments | 15450 Views

यस वर्षको सहिद स्मारक ए डिभिजन लिगको उपाधि मच्छिन्द्र युथ क्लब उचालेको छ । शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि उचाल्न सफल भएको हो ।

ads ads

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यता थियो भने आर्मी क्लबलाई बराबरी गरे पुग्यो । तर मच्छिन्द्रले सोचेजस्तै नतिजा निकाल्यो । मच्छिन्द्र यसअघि लिगको २०७० को संस्करणमा उपाधिको होडसम्म पुगे पनि उसको पहिलोपटक उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन ।

मच्छिन्द्रको जितमा रञ्जित धिमालले गर्नुभएको प्रहार आर्मीका विकास तामाङले रोक्दा गोलकिपर विकेश कुथुलाई छल्दै गोलमा परिणत भएको थियो । उक्त आत्मघाती गोल निर्णायक रह्यो । त्रिभुवन आर्मीले मच्छिन्द्रलाई बराबरीमा मात्रै रोक्न सकेको भए उपाधि उचाल्न सफल हुन्थ्यो ।

धिमालले ३३ औं मिनेटमा देब्रे कर्नरबाट गर्नुभएको प्रहार तामाङबाट डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत हुन पुग्यो । धिमालको फ्रिकिक विकास गुरुङबाट उछिट्टिएर गोलमा परिणत भयो ।

खेलको ७१ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा देवेन्द्र तामाङले गर्नुभएको प्रहार गोलपोष्ट चुम्दा अफसाइड हुन पुगेको थियो । त्यसअघि ६१ औं मिनेटमा टङ्क बस्नेतको क्रसलाई हेडमार्फत् गोलपोष्टको दिशा दिदा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ उत्कृष्ट बचाब गर्नुहुँदै त्रिभुवन आर्मीलाई बराबरीबाट रोक्नुभयो ।

८६ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले मैदानको बीच भागबाट एकल प्रयासमा गोलपोष्ट नजिकसम्म डोर्याए पनि मच्छिन्द्रका पिटर सेगुइनले बल खोस्दै अन्तिम प्रहार गर्ने अवसर समेत दिनुभएन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More