मझगाउँ विमानस्थल पचास सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने

20 October, 2019 00:13 |कर्पोरेट/पर्यटन | comments | 4500 Views

    कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले ५० सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने बताएको छ । चार दिन अघि कञ्चनपुर आइपुगेको टोलीले बन्द अवस्थामा रहेको विमानस्थलको स्थलगत प्रतिवेदन तयारी गरी पत्रकार सम्मेलन गरी सो निचोड सार्वजनिक गरेको हो ।

    adsads

    टोलीका प्रमुख रियलपात ईन्जिनियरीङ कन्सलटेन्सीका ईन्जिनियर गुरुदत्त अधिकारीले मझगाउँ विमानस्थलमा जहाज सञ्चालन गर्दा समस्या नहुने बताउनुभयो । “पचास सिट भन्दा बढी क्षमताको जहाज चलाउन थप केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । विमानस्थलसँगै जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई असर पर्ने वा नपर्ने विषयमा पनि सो टोलीले अध्ययन गरेको छ ।

    निकुञ्जका वन्यजन्तुलाई प्रभाव पर्ने विषयमा आवश्यक छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात ईन्जिनियरीङ कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली यहाँ आएको हो । स्थलगत अनुगमन तथा विमानस्थलको अवस्थाबारे टोलीले मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जनाएको छ । टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ÷चौडाइलगायतको प्राविधिक तथा अन्य विषय प्रतिवेदनमा समेटेको छ ।

    पत्रकार सम्मेलनमा क्याप्टेन बेद उप्रेतीले मझगाउँ विमानस्थलको थप एक हजार पाँच सय मिटर जग्गा अधिग्रहण गरेर यहाँ ७२ सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने बताउनुभयो । “अहिलेकै रन–वेमा ठूला जहाज अवतरण गर्न समस्या छैन”, उहाँले भन्नुभयो, “विमानस्थलको मर्मतसम्भार र पूर्वाधार निर्माणमा जोड दिए विमानस्थल चाँडै सञ्चालनमा आउन सक्छ ।” पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, सांसद डा दिपकप्रकाश भट्ट, प्रदेशसभा सदस्य मानबहादुर सुनार र भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टलगायतको सहभागिता थियो ।

    विमानस्थल पुनः सञ्चालनका लागि पूर्व जिल्ला वन अधिकृत रमेश चन्दको नेतृत्वको टोलीले लामो समयदेखि दबाब दिँदै आएको छ । विमानस्थल पुनः सञ्चालनका लागि गठित संघर्ष समितिले केही महिनायता विमानस्थल सञ्चालनका लागि स्थानीय तहदेखि सङ्घीय सरकारसम्म दबाब दिँदै आएको छ ।

    विमानस्थल संरक्षण एवम सञ्चालनका लागि सहयोग पुगोस् भनेर चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले रु २० लाख बजेट विनियोजनसमेत गरेको छ । झण्डै ६५ विघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थलको लम्बाइ एक हजार छ सय ६५ मिटर तथा चौडाइ पाँच सय मिटर रहेको छ । विसं २०५६ देखि विमानस्थल बन्द छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!