मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन प्रमुख निर्वाचन आयुक्तको आव्हान

आगामी वैशाखमा हुने संघीय संसदको निर्वाचनमा सहभागी हुनका लागि मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन आयोगले आव्हान गरेको छ । बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो आव्हान गर्नुभएको हो ।
उहाँले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताउनुुभएको छ ।
मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षणको उद्घाटन गर्दै उहाँले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने बताउनुुभयो ।


प्रमुख थपलियाले भन्नुुभयो, “मतदाता नामावली ऐनअनुुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने तर निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गरिने व्यवस्थाअनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र दाबी विरोधका कार्यक्रम मात्र सञ्चालन गरिनेछ ।”
निर्वाचनले लोकतन्त्रलाई बलियो बनाई सुशासन कायम गर्न सहयोग पु¥याउने भएको हुँदा आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीअनुुरुप निर्वाचन गराउनु आयोगको प्रमुख कर्तव्य भएको बताउदैँ उहाँले निर्वाचन व्यवस्थापनको आधारभूत पक्षका रुपमा रहेको मतदाता नामावली शुद्ध र त्रुटिरहित बनाउन एवं मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य, विवादरहित र पायक पर्ने स्थानमा मतदानस्थल निर्धारण गर्नुपर्ने बताउनुुभयो ।
सबै नागरिकको सहजताका लागि स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएकाले सम्पूर्ण नागरिकलाई उक्त अवसरको सदुपयोग गर्न आयोगले अनुरोध गरेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान विरोधी हुन् : प्रम
- नगरकोटबाट अस्ताउँदै गरेको सूर्य
- १० जना एसएसपीलाई दज्र्यानी चिह्न प्रदान
- नेताहरुका कारण देश मुठभेडतर्फ जाने खतरा बढ्यो अध्यक्ष थापा
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


