मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमामध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा

  • मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा
  • मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा
  • मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा
  • मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा
  • मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा
  • मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा

मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा

19 May, 2019 19:55 |अर्थ | comments | 14550 Views

    मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा

    ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत आयोजनाको नर्मिाण कार्यले तीव्र गति लिएको छ। आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघिबाट निर्माण थालिएको हो।

    adsads

    निर्माण शुरु भएको छोटो अवधिमा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मिटर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३०२ मिटर अडित सुरुङमार्गमध्ये २८० मटिर पूरा भएको छ। यस्तै आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना निर्माण पनि अघि बढेको छ। यी संरचना फुङ्लिङ नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मित्लुङ निर्माण भइरहेको हो। चिनियाँ निर्माण व्यवसायी कम्पनी झिझाेङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गररिहेको हो।

    आयोजना निर्माणकाे गतलिाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा मणिराज पोखरेलको भनाइ छ। नेपाली इञ्जिनियरले डिजाइन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए।

    कूल रु १२ अर्ब बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रतशित स्वलगानी र ७५ प्रतशित सातवटा बैंकको लगानी हुने जनाइएको छ। आयोजनाको मुख्य संरचना मक्विाखोला गाउँपालकिा–२ खोक्लिङ र फक्ताङलुङ गाउँपालकिा–१ सावादिनमा रहने आयोजनाले जनाएको छ।

    यस्तै फुङलङि नगरपालकिाको फुरुम्बुस्थित मत्लिुङमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मटिरको सुरुङमार्फत खोक्लिङको थुम्बाबेँसीमा पुर्‍याइनेछ। यस आयोजनाबाट उत्पादित विद्युती मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा पुर्‍याई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने आयोजनाका जनसम्पर्क अधिधृत करण गौतमले जानकारी दिए।

    सुरुमा ५४ मेगावाट विद्युत उत्पादन गर्ने गरी प्रक्रिया अघि बढे पन पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो। ५४ मेगावाट क्षमताका लागि प्रक्रिय अघि बढ्दै गर्दा निर्माण क्षेत्रमा प्राकृतकि प्रकोपको जोखिम देखएपछि हेडवर्क्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियाे।

    तमोर पनि बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!