मध्यरातमा पक्राउ परे विप्लवका उपत्यका इन्चार्ज लामा
शनिबार मध्यरातमा प्रतिबन्धित विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई काठमाडौंको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले दिएका जानकारी अनुसार लामा गएराति करिब साँढे १२ बजे पक्राउ परेको बताउँदै लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको छ ।माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ । काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता मानिन्छन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।
माओवादी जनयुद्धको क्रममा अंगभंग भएका लामाको सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । लामा गायक तथाा संगीतकार पनि हुन् । जनयुद्धकालमा उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् ।
लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।
विप्लव निकट रेड युथफोर्स अध्यक्ष पक्राउ
तपाईंको प्रतिकृया
ताजा समाचार
- “सबै पूर्वाधार पूरा गरौँ अनि पर्यटकलाई बोलाउ भन्ने कुरा युक्तिसङ्गत होइन”- मन्त्री भट्टराई
- तस्वीरहरुमा केही जिल्लामा भएको हिमपात
- हिमपातले पहाडी क्षेत्रको जनजीवन प्रभावित सञ्चार अवरुद्ध
- तराईमा बम बिस्फोटको शृंखला : धनुषापछि सिरहामा बिस्फोट
- मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु- सेना चढेको बस दुर्घटनामा तीस घाइते
- भारतबाट नआएपछि चीनले पठाइदियो दैनिक ५० टन प्याज सस्तोमा
- शनिबारको मौसम कस्तो छ ? जल तथा मौसम विज्ञान विभाग यसो भन्छ
- निजी विद्यालयप्रतिको कुदृष्टि हट्दै- सेवामूलक बनाउने नीति
- हिंसाबिरुद्ध १६ दिने अभियानकाबीच सार्वजनिक भएको हिंसाको डरलाग्दो तथ्याङ्क
- धनुषामा बम बिस्फोट प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु
- आजको राशिफल– २०७६ मंसिर २८ गते शनिबार
- अर्थमन्त्री खतिवडाको दावी नेपाल छिटो विकास गर्ने मुलुकको सूचीमा
- झरीकाबीचमा साग पदक विजेता खेलाडीलाई नगर परिक्रमा (फोटोहरुसहित)
- एनआरएनएबाट १३औँ सागमा पदक विजेतालाई वधाई
- कामपाले दिने भो कुमारीलाई मासिक रु १५ हजार भत्ता
- बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत- इयुबाट बाहिर निस्कन जनादेश प्राप्त
- जापानी प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुन सक्ने
- नेकपाको विधानबाट हट्दैछ जनताको बहुदलीय जनवाद
- आफ्नो भूमि हटाएर निसाना छाप बनाउनेलाई कारबाही गर्न रावलको माग
- गृहमन्त्रीको स्वीकारोक्ति : भारतले तीन सय ७२ वर्गकिमि सीमा मिच्यो
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


