जीवन घिमिरेजीवन घिमिरे

  • जीवन घिमिरे
  • जीवन घिमिरे
  • जीवन घिमिरे
  • जीवन घिमिरे
  • जीवन घिमिरे
  • जीवन घिमिरे

‘मनमोहन प्रविधि विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वभरका लागि क्षमतावान’

19 August, 2019 12:00 |प्रदेश , प्रदेश १ | comments | 12300 Views

    जीवन घिमिरे

    प्रदेश नं– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन प्रविधि विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वभरि क्षमतावान भएर उभिनसक्ने बताउनुभएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आइतबार समाप्त भएपछि उठेका प्रश्नको जवाफको क्रममा उहाँले विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्च जनशक्ति उत्पादन हुने जानकारी दिँदै नेपालको संविधान २०७२ को क्षेत्राधिकारबाट नै यो विश्वविद्यालय स्थापना गर्न लागेको स्पष्ट पार्नुभयो ।

    adsads

    उहाँले सो विश्वविद्यालय राजनीतिक आग्रह वा पूर्वाग्रहबाट नभइ प्रचलित ऐन र कानूनबाट सञ्चालन हुने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो । भौत्तिक सम्पति र मानवीय संशोधनले भरिपूर्ण रहेको मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालय बनाउन लागेकामा गर्वको अनुभूति भइरहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री घिमिरेले विश्वविद्यालयलाई साझेदारीमा सञ्चालन गरिने बताउनुभयो ।

    सो विधेयकमा सदस्य खिनु लाङ्बा लिम्बू, चुमनारायण तवदार, नवोदिता चौधरी, राजकुमार ओझा, वीणदेवी राई र सावित्राकुमारी रेग्मीले विश्वविद्यालयका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

    विशेष समय

    सदस्य उषाकला राईले नेपालको संविधानको भावना र मर्मअनुसार सत्तापक्ष र प्रतिपक्ष चल्नुपर्ने भन्दै सबै प्रकारका विभेद्, भ्रष्टाचार र एकात्मक सोचलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    शून्य समय

    सदस्य अम्बिका थापाले डेङ्गु रोगको उपचार प्रदेश सरकारले निःशुल्क गरिने भने पनि पहिचानमै धेरै खर्च गर्नुपर्ने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य विन्दिया कार्कीले इन्धनको भण्डारणको क्षमता बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक यही भदौ २ गते दिउँसो १ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

    सेनालाई क्षमतावान बनाउन पूर्ण सहयोग हुन्छः प्रधानमन्त्री

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    जीवन घिमिरे

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!