मलेसियाबिरुद्धको टी २० श्रृङ्खला नेपाललाई

14 July, 2019 14:30 | खेल | comments | 10800 Views

मलेसियाबिरुद्धको टी २० श्रृङ्खला नेपालले आफ्नो कब्जामा राखेको छ । शनिबार र आइतबार भएको सनसनीपूर्ण खेलमा नेपाल विजयी हुँदै श्रृङ्खलामाथि कब्जा जमाएको हो ।

adsads

मलेसियाको किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर विनोद भण्डारीको अर्धशतकको मद्दतमा १७३ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रेको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करन केसी, पारस खड्का र अविनाश बोहराले १-१ विकेट हात पारे

यसअघि नेपाललाई ठूलो योगफलतर्फ डोर्याउने क्रममा सुरुवात केही धर्मराएको थियो । ओपनरद्वय पारस खड्का र पवन सरार्फले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए भने करण केसीले १६ रन जोडे ।

कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनमा मलेसियाविरुद्धको सिरिजमा नेपाललाई अग्रता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!