मलेसिया मलेसिया

  • मलेसिया
  • मलेसिया
  • मलेसिया

मलेसियामा मासु काट्ने मेसिनमा च्यापिएर एक नेपालीको मृत्यु

31 December, 2019 12:57 | प्रबास | comments | 26100 Views

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको मासु काट्ने मेसिनमा च्यापिएर मृत्यु भएको छ । समाचार अनुसार सोमबार मलक्का राज्यमा रहेको एक मासु प्रशोधन केन्द्रमा कार्यरत ४७ वर्षीया पुरुषको निधन भएको हो ।

adsads

मलक्का अग्निनियन्त्रण विभागका अधिकारीका अनुसार मृतक अन्य तीनजनासंग मेसिन मर्मत गरिरहेका बखत अचानक मेसिन संचालन भयो र उनको कम्मर च्यापिन पुग्यो र उनको तत्काल मृत्यु भयो । मेसिनमा च्यापिएको उनको शरीर बाहिर निकाल्न लगभग ३० मिनेट लागेको थियो ।

यस सम्बन्धमा अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् । स्मरणीय के छ भने नेपालीहरुको बाक्लो उपस्थिति रहेको मलेसियामा सन् २०१८ मा मात्र ३ सय २२ जनाले ज्यान गुमाएका थिए ।

मलेसियामा लगभग २० लाख विदेशी कामदार कार्यरत छन् । तीमध्ये नेपालीको संख्या तीन लाख ६० हजार रहेको बताइन्छ । नेपाली कामदारहरु अधिकांश सुरक्षा, निर्माण र अतिथि सत्कारका क्षेत्रमा कार्यरत छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मलेसिया

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More