महराले बयान दिन नमानेपछि प्रहरी हैरान- आइतबार फेरि म्याद थपिँदै

20 October, 2019 14:55 |राजनीति | comments | 6300 Views

    संसद सचिवालयको स्वास्थ्य इकाईमा कार्यरत महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहनुभएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अनुसन्धान गर्न प्रहरीले आइतबार फेरि म्याद थप पर्ने भएको छ ।

    जिल्ला अदालत काठमाडौंले यसअघि दिएको तीन दिन म्यादभित्र महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन ।

    adsads

    म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले बताएका छन् । अनुसन्धान पूरा नभएको भन्दै महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभएको छ ।

    प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।

    महराले यौन दुर्व्यवहार गरेको भन्ने ती महिलाको भिडियो गत असोज १२ गते सार्वजनिक भएपछि त्यसको भोलिपल्ट महराले सभामुख पदबाट राजीनामा दिनुभएको थियो । यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।

    बलात्कार प्रकरणमा मुछिएका महरालाई अदालतमा उपस्थित गराइयो

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!