महरा प्रकरणलाई रफादफा गर्ने प्रयास नहोस् : नेता सिंह

2 October, 2019 22:15 | Homepage | comments | 35850 Views

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यौन काण्डमा मुछिएर राजीनामा दिनुभएका पूर्व सभामुख कृष्णबहादुर महराको प्रकरणलाई रफादफा नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

नेता सिंहले निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको भन्दै दोषीलाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

  

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले उक्त कुररा बुधबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ ले जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बताउनुभएको हो । त्यस क्रममा उहाँले भन्नुभयो देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि यो काममा सरकार र प्रशासन लाग्नुपर्छ ।

नेता सिंहले भन्नुभयो सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मनलाग्यो त्यही गर्न पाउने भन्ने हुँदैन । महिलालाई दुर्व्यवहार गर्ने रु ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता कार्यकर्ता हुने रु यो हुनै सक्दैन भन्दै महराको राजीनामा ‘म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर’ भनेजस्तो रहेको पनि बताउनुभयो ।

नेता सिंहले कानुन सबैका लागि समान भएको बताउँदै अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव समेत दिनुभयो ।

उनले महरा सभामुख पदबाट मात्र नभई सांसद पदबाट पनि हट्नुपर्ने बताए।

नेता सिंहले अत्यधिक मूल्यवृद्धि, भ्रष्टाचार, मेलम्ची खानेपानी आयोजना प्रकरणलगायतले सरकार असफल भएको पुष्टि भइसकेको पनि बताए।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More